पर्वत । कालिगण्डकी लोकमार्गको निर्माण तथा विस्तारका क्रममा नहर पुरिएपछि स्थानीयबासी आन्दोलित भएका छन् ।
लोकमार्गको विस्तारको क्रममा फलेवासमा रहेको नहर पुरिएपछि आन्दोलित भएका स्थानीयबासीले निर्माण काममा समेत अबरोध पु¥याउदै आइरहेका छन् ।देविस्थान गाविस ७, ८ र ९ तथा मुडिकुवा गाविसको ५ नम्वर वडामा सिंचाई गर्नका लागि निर्मित फलेवास सिंचाई आयोजनाको झण्डै डेढ किलोमिटर नहर सडकले भत्काइदिएको थियो भत्किएको नहर पुर्न्निर्माणका लागि पटक पटक माग गर्दापनि कुनै सुनुवाई नभएपछि स्थानीयबासी आन्दोलनमा उत्रिएको स्थानीय भोलानाथ शर्माले बताए ।
आलु, गहुँ, तोरी, फापर, जौ जस्ता खाद्यान्नमा सिंचाई गर्नुपर्ने बेलामा सिंचाई नहर भत्किएको र मर्मतको लागि पटकपटक जानकारी गराउँदा पनि करिडोर निर्माण समितिले वेवास्था गरेका कारण आफूहरु आन्दोलित हुन परेको उनले बताए ।
नहर भत्कीएपछि झण्डै २ सय ५० हेक्टर क्षेत्रफलमा सिंचाई हुन सकेको छैन । नहरबाट २ सय घरधुरी लाभान्वीत थिए ।
हिउँदे बालीनाली सिंचाई गर्ने बेलामा नहर भत्किएपछि उत्पादन घट्ने भएकाले कृषकहरु चिन्तित बनेका छन् । उनिहरुले तत्काल नहर मर्मतका लागि माग समेत गरेका छन् । नहर मर्मतका लागि पहल नभएसम्म लोकमार्गको काम अघि बढ्न नदिने उनिहरुले बताएका छन् ।
विकासका नाममा सडक निर्माण हुनु आवश्यक छ तर कृषकहरुलाई हानी पु¥याउनेगरी नहरनै भत्काएर गरिएकोले आफुहरु आन्दोलित बन्नुपरेको पीडितको दुखेसो छ ।बहुचर्चित उत्तर दक्षिण जोड्ने कालीगण्डकी लोकमार्गको पर्वत खण्डमा ट्राक ओपन गर्ने काम भैरहेको छ । अहिले कुर्घा गाविसदेखि मोदीबेनी खण्डमा ट्रयाक खोल्ने काम भैरहेको सडक डिभिजन कार्यालयले जनाएको छ ।
जिल्ला कृषि विकास कार्यालय पर्वतले उक्त क्षेत्रलाई धानको पकेट क्षेत्रको रुपमा विकास गर्ने योजना समेत अघि सारेको छ ।
भूकम्प पीडितको लागत निकाल्नको लागि इन्जियिनर गाउँगाउँ जाँदैअघिल्लो बर्षको विनाशकारी भूकम्पले क्षति पुगेका घर तथा अन्य संरचनाको अन्तिम लागत र क्षतिको विवरण तयार पारेर पिडितलाइ क्षतिपूर्ति दिइने भएको छ ।
भूकम्पले क्षति पु¥याएको लगत्तै सबै पिडितको घरघरमा पुगेर ५ हजार रुपैयाँका दरले राहत रकम वितरण भैसकेपनि पुनः निर्माण कार्यक्रमलाइ सहयोग गर्न यो काम थालिएको हो ।जिल्ला तहमा लागत संकलन तथा व्यवस्थापन सम्बन्धी कार्यलय खडा गरेर लागत संकलनको काम थालिएको हो । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित जिल्ला समन्वय समितिले पनि यो अभियानलाइ सहयोग गर्दै आएको छ ।जिल्ला लागत संकलन तथा व्यवस्थापन कार्यालयले गाविस सचिव मार्फत आएका उजुरी संकलन गर्दा पर्वतमा ११ हजार २०९ घरपरिवार पीडित रहेको तथ्याङ्कमा उल्लेख गरिएको छ । केहि दिनमानै राष्ट्रिय पुनः निर्माण प्राधिकरण बाट खटिएर आउने इन्जिनियरले पुनः घरघरमा पुगेर क्षतिको विवरण र मात्रा अध्ययन गरेर समितिलाइ सिफारिस गर्ने शिव श्रेष्ठले जानकारी दिए ।
जिल्लामा २९ जना इन्जिनियर खटिनेछन् भने उनका साथमा एकएक परिचालिका समेत रहनेछन् । ४५ दिनभित्र गाउँमा घरघरमा पुगेर तथ्याङ्क संकलन गरी कार्यालयमा बुझाउनुपर्ने उनले बताए ।
एक जना इन्जिनियरले जिल्लामा ४५ दिनमा लगत उठाउनेछन् । प्रति इन्जिनियर ४०८ घर रहने र दिनमा ८ देखि १० घरको तथ्याङ्क संकलन गरी पेश गर्नुपर्नेछ । भूकम्पले अति प्रभावित १४ बाहेक कम प्रभावित १७ जिल्लामा ढीलागरी लागत संकलनको काम शुरु भएको हो । पुनः निर्माण प्राधिकरणबाट आउने इन्जिनियरहरुले भेरिफिकेसन मोडलमा लागत संकलन गर्ने भएका हुन् ।सूचनाहरुलाइ सम्बन्धीत घरको चारै मोहडा, घर भित्र र क्षति भएको स्थानको फोटो, घरधनीको फोटो, नागरिकताको प्रमाणपत्र र पहिले पाएको परिचयपत्र समेत राखेर रुजु गरिने छ । यसरी पठाएको पिडितले प्राधिकरणले उपलब्ध गराउने राहत रकम पाउने व्यवस्था छ । प्राविधिकले यो काम २ महिलना भित्र सक्नेछन् । पीडितले बनाइसकेको भएपनि मापदण्ड पुगेर बनाइएका भवनलाइ राहत उपलब्ध गराउने सरकारी निर्णय छ ।
Comments are closed.