पोखरा २१ चैत ।पोखराको नयाँबजारस्थित लोटस एकेडेमिक स्कुलबाट यस वर्षको प्रवेशिका परीक्षामा सम्मिलित विद्यार्थीलाई शनिबार बिदाइ गरिएको छ ।कक्षा ९ का विद्यार्थीहरुको संयोजनमा भएको कार्यव्रmम कक्षा ९ की छात्रा उषा थापाको अध्यक्षतामा भएको थियो । कार्यव्रmमका प्रमुख अतिथि विद्यालयका प्राचार्य कर्ण गुरुङले शुभकामना दिँदै चेतनका संवाहक बनेर आजका विद्यार्थी व्यावहारिक हुँदै सामाजिक हित लागि समर्पित हुनुपर्नेमा जोड दिनुभयो ।
सहप्राचार्य बुद्धिसागर सापकोटा र शिक्षक नारायण मरासिनीले पनि शुभकामना दिनुभएको कार्यव्रmममा बिदाइ भएर जाने विद्यार्थीका तर्फबाट आयाम सापकोटा र ज्योति रानाले लोटसले आफूहरुलाई जीवनमा अघि बढ्नका लागि ठुलो गुन लगाएको बताएका थिए । कक्षा ९ का छात्र शम्भु श्रेष्ठद्वारा सञ्चालित कार्यव्रmममा विभिन्न सांस्कृतिक कार्यव्रmमहरुसमेत प्रस्तुत गरेका विद्यालयका प्रचार÷प्रसार संयोजक सुरेन्द्र सदिच्छाले जानकारी दिनुभयो ।
Comments are closed.