बसन्तपुरमा ट्युसन पढिरहेकी किशोरी संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण गर्ने जीवन विकलाई प्रहरीले शुक्रबार सार्वजनिक गरेको छ। महानगरीय आयुक्तको कार्यालय रानीपोखरीमा अहिले पत्रकार सम्मेलन गर्दै बिकलाई सार्वजनिक गरेको हो।प्रहरीले धेरै दिनको अनुसन्धान र खोजीपछि अन्ततः संगीताका परिवारजन डेरा गरी बस्ने घरमै डेरा लिएर बसेका युवकलार्इ समातेको हो।
मगर परिवारले बिकमाथि शंका गर्दै आएको थियो । प्रहरीले सिक्किम ग्यान्टोक(भारत) बाट बिकलाई पक्राउ गरी ल्याएको छ। रामेछाप जिल्ला फुलासी गाविस वार्ड नम्बर ८ घर भइ हाल काठमाडौं बसन्तपुरमा डेरा गरी बस्ने २० वर्षीय जीवन विक पक्राउ परेका हुन्। आक्रमणकारीले आफू ६९ सालदेखि संगितालाई मन पराएको र संगिताले पनि आफूलाई मन पराएपनि परिवारले छुट्टाएका बताए। त्यसपछि संगिताको भाइसँग झगडा पर्यो। अनि संगिताले उसलाई छोडिदिएको थिइन्। संगिताले केटाको बाबुलाई कुटेको र केटोले त्यसको बदला लिन यस्तो अपराध गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो ।
पत्रकार सम्मेलनमै बेहोस
बसन्तपुरमा ट्युसन पढिरहेकी किशोरी संगीता मगर र सीमा बस्नेतमाथि एसिड आक्रमण गर्ने युवक पक्राउ परेका छन् । जीवन बिक नाम गरेका २० वर्षीय युवक पक्राउपछि प्रहरीले आयोजना गरेको पत्रकार सम्मेलनमै उनी बेहोस भएर ढलेका छन्। त्यसपछि प्रहरीले उनलाई प्रहरी अस्पताल महाराजगन्ज* लिएर गएका छन्।
उनले डिप्रेसनको औषधि खाएको प्रहरीले बताएको छ। आक्रमणकारीले आफू ६९ सालदेखि संगितालाई मन पराएको र संगिताले पनि आफूलाई मन पराएपनि परिवारले छुट्टाएका बताए। त्यसपछि संगिताको भाइसँग झगडा पर्यो। अनि संगिताले उसलाई छोडिदिएको थिइन्। संगिताले केटाको बाबुलाई कुटेको र केटोले त्यसको बदला लिन यस्तो अपराध गरेको पत्रकार सम्मेलनमा जानकारी गराइयो।
Comments are closed.