एकपटक गोरु लगाएर बाँझो जोतिसकेको बारीमा मान्छेले पुनः जोतेर खेती लगाउने चलन उत्तरी गोरखाका १८ गाविसमा कायमै छ ।
प्रशन्न पोखरेल । गोरखाबजार, २६ फागुन । गोरुको सट्टामा मान्छेले बारी जोतेर गोरखाको बारपाकका किसानले मकै रोप्दै आएका छन् । घरका बलिया छोराहरुले गोरुको सट्टामा हलो तान्ने गर्छन् । बारपाक–४ का सिङबहादुर गुरुङको परिवारमा पनि यस्तै चलन चल्दै आएको छ । पुर्खाको पालादेखि घरका छोराले मकै रोप्दा हलो तान्नुपर्ने संस्कार चलेको हो । सिङबहादुर हलो जोत्नुहुन्छ । उनका दुई छोरा मनबहादुर र सुकबहादुर गोरुझैँ हलो तान्छन भने श्रीमती भीममाया मकै रोप्छिन् ।एकपटक गोरु लगाएर बाँझो जोतिसकेको बारीमा मान्छेले पुनः जोतेर खेती लगाउने चलन उत्तरी गोरखाका १८ गाविसमा कायमै छ । “बाँझो जोतेर डल्ला फुटाइसकेको बारीमा मकै रोप्दामात्रै मान्छेले तानेर जोतिन्छ,” सिङबहादुरले भने – “उत्तरी भेगको माटो हलुङ्गो हुन्छ । सानो हलो बनाउँछौँ ।
मान्छेले सजिलै तान्न सक्छ ।” सिङबहादुरका दुई छोराले बारी जोत्ने हलो सानो बनाएका छन् । गोरुले बारी जोत्न प्रयोग गरिएको भन्दा निकै सानो हलो तानेर मकै रोप्ने सिया बनाउँदै आएको उनले जानकारी दिए । सबेरै उठेर सिङबहादुरको परिवार बारीमा पुग्छन् । मनबहादुर हलो बोक्छन् । सुकबहादुरले हरिस तान्ने डोरी । उनीहरुकी आमा भीममायाले मकैको बीउ बाेिक्छन् । “लगातार दुई दिन जोतेपछि बारीमा मकै रोपिसकिन्छ,” बारपाकको हिमालय उमाविको कक्षा ११ मा पढ्दै आएका १६ वर्षका मनबहादुरले भने, “सकेसम्म पढाइ नबिगार्ने गरी बिदाको मौका छोपेर जोत्छौँ ।” बा¥ह वर्षका सुकबहादुर पनि सोही उमाविको कक्षा ७ मा अध्ययरत छन् ।
बारपाक, लाप्राक, गुम्दा, लापुलगायत गाविसका युवाले गोरुको सट्टामा बारी जोत्ने गर्छन् । किसानले घरमा गोरु पाल्न छाड्दै गएपछि मान्छेले तानेरै मकै रोप्नुपरेको बारपाकका स्थानीय वृद्ध लालजीत घलेले बताए । “भनेका बेला गोरु पाइन छाड्यो,” उनले भने, “कुनै सुर्कामा गोरु पनि अटाउँदैन ।”
“बर्सेनि हलो तानेर मकै रोप्छौँ,” उनले भने, “कुनै वर्ष स्कुल नगई पनि बारी जोतेका छौँ ।” गोरुको सट्टामा बारी जोत्दा निकै थकाई लाग्ने उनले अनुभव सुनाए । बारीमा ढुङ्गा, ग्रेगान भएको ठाउँमा हलो तान्न असजिलो हुने र धेरै बल खर्चंदा असिनपसिन हुने उनले बताए । बारपाक, लाप्राक, गुम्दा, लापुलगायत गाविसका युवाले गोरुको सट्टामा बारी जोत्ने गर्छन् । किसानले घरमा गोरु पाल्न छाड्दै गएपछि मान्छेले तानेरै मकै रोप्नुपरेको बारपाकका स्थानीय वृद्ध लालजीत घलेले बताए । “भनेका बेला गोरु पाइन छाड्यो,” उनले भने, “कुनै सुर्कामा गोरु पनि अटाउँदैन ।”ट्र्याक्टरले जोत्न मिल्ने गह्राहरु नभएको भन्दै उनले बारपाकी युवाले बर्सेनि दुःख खेप्दै आएको बताए ।।बारी बाँझै राख्न नसकिने भएकाले पनि छोराहरु लगाएर बारी जोत्नुपरेको किसान बताउँछन् । जोत्न नसक्ने वृद्धवृद्धाले कोदालोले खनेर पनि मकैलगायत खेती गर्दै आएका छन् । बारपाकमा मात्रै एक हजार ३०० घरधुरी छ । सदरमुकामदेखि १६ कोस टाढाको दूरीमा पर्ने बारपाकका स्थानीय जनताले पुर्खाको पालादेखि गोरुले झैँ बारी जोतेर मकै रोप्दै आएका छन् । विगत एक हप्तादेखि बारपाकका बारी जोत्न युवा खटिएका छन् । हुर्केका युवा बिदेसिएपछि जोत्न समस्या भएको किसानले बताएका छन् । विद्यालयमा अध्ययनरत कलिला विद्यार्थीलाई बारी जोत्न लगाउनुपरेको किसानको गुनासो छ ।
Comments are closed.