वडामा सिस्टम नचल्दा सेवा ग्राहीलाई समस्या ।

📝अजित तिमिल्सिना

साउन २९

सरकारले खुद्रा व्यापार व्यवसाय सञ्चालन भएका सबैलाई पान नम्बर तथा भ्याट नम्बर अनिवार्य दर्ता गर्नुपर्ने नियम ल्याए पछि अहिले वडा तथा नगरपालिकामा आफ्नो व्यवसाय दर्ता गर्नेको भिड लागेको छ। व्यवसाय दर्ता गर्न गएका सबैले सिस्टमले काम नगरेको भन्दै आफुहरुलाई एउटै कामका लागि धेरै धाउन परेको गुनासो पोखेका छन् ।

पोखरा प्रस्याङ्गमा खुद्रा पसल गर्ने शारदा शर्मा आफ्नो पसलको पान नम्बर दर्ता गर्न दुई तिन दिन सम्म वडामा धाँउदा समेत काम नभएकोमा दुख व्यक्त गरिन्। आफ्नो काम छोडेर पसल दर्ता गर्नका लागि वडामा लाइनमा बसेको र अन्तिममा सिस्टम काम नगरेको भन्दै आफु दुई दिन सम्म धाँउदा समेत काम नभएको गुनासो शर्माले पोखिन्। वडा तथा नगरपालिकामा चर्को घाममा लाइन बस्दा पनि काम नबन्दा सेवा ग्राही आजित छन्।

सिस्टम कहिले चल्ने कहिले नचल्ने हुँदा सेवा प्रदान गर्न कठिनाइ भएको कुरा पोखरा महानगरपालिकाका वडा नं ५ राजस्व शाखाकि सरस्वती पौडेलले बताइन्। आफुले तिर्नुपर्ने कर तिर्न समेत निकै गाह्रो भएको छ। यस कुरामा सम्बन्धित निकायको ध्यान जान आवश्यक रहेको कुरा सेवा ग्राही बिजय पराजुलीले बताए। अहिले पोखराका सबै ओडामा यो समस्या रहेको छ।

Comments are closed.