पोखरा ११ आफनै कार्यालयमा, २ करोड ४० लाखमा बन्यो

वडालाई धेरै अधिकार प्रत्यायोजन गरेका छौँ ः प्रमुख जिसी

एकराज गिरी÷पोखरा २३ भदौ । पोखरा महानगरपालिका वडा नं ११ को वडा आफ्नै कार्यालयमा सरेको छ । भाडामा सञ्चालन हुदै आएको वडा कार्यालय सरकारी भवनमा सरेको हो । करिब २ करोड ४० लाखमा निर्माण सम्पन्न २ तले भवनबाटै वडाले सेवा प्रवाह सुरु गरेको छ । नवनिर्मितमा १० वटा कक्ष र अत्याधुनिक सभाहल रहेको छ ।


फूलवारी र काँहुको सिमाना पतेनी निर्मित भवनमा सरेको वडा कार्यालयको सोमबार पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी र उपप्रमुख मञ्जुदेवी गुरुङले संयूक्त रुपमा उद्घाटन गरे । उद्घाटनपछि बोल्दै महानगर प्रमुख जिसीले देशमा ब्यवस्था परिर्वतन भएपनि नेतृत्वकर्ताको सोचमा परिर्वतन आउन नसकेको बताए । स्थानीय तहहरुलाई अधिकार सम्पन्न बनाउने उद्देश्यले विकेन्द्रीत शासन प्रणालीमा गएपनि सोच र ब्यवहार पुरानै रहेको उनले बताए । उनले पोखरा महानगरपालिको अधिकार वडा तहमा प्रत्यायोजन गरिएको बताए ।

 

नागरिकलाई महानगर आउनुपर्ने बाध्यताको अन्त्य गदै अधिकार वडालाई प्रत्यायोजन गरिएको छ उनले भने, ‘यस आर्थिक वर्षबाट आर्थिक अधिकार सहित लेखापालको ब्यवस्था गरिएको छ । एउटा कलम लिन र रुदै आएका नागरिकलाई आर्थिक सहयोग दिनसक्ने गरि अधिकार प्रत्योजन गरेका छौ ।’ प्रमुख जिसीले वडा कार्यालयहरु ब्यवस्थित हुदाँ महानगरलाई सहज हुने बताए । ‘जग बलियो नभई घर बलियो हुदैन्, महानगरको जग वडा कार्यालयहरु हुन ।

त्यसैले वडा कार्यालयहरु ब्यवस्थित हुन जरुरी छ ।’ प्रमुख जिसीले यस वर्ष ११ वटा वडा कार्यालय निर्माणका लागि बजेट विनियोजन गरिएको समेत बताए ।पोखरा महानगरका उपप्रमुख मञ्जुदेवी गुरुङले सेवाग्राहीलाई सहज रुपमा सेवा प्रवाहका लागि वडा कार्यालयहरु ब्यवस्थित हुन आवश्यक रहेको बताउदै वडा कार्यालयको भवन निर्माणसंगै वडा नम्वर ११ का जनतालाई सहज हुने विश्वास ब्यक्त गरिन् । पोखरा १९ का वडा अध्यक्ष शोभामोहन पौडेलले वडा कार्यालयका कामलाई ब्यवस्थित गर्न कार्यालयहरुको भुमिका रहने बताए ।

पोखरा ११ का अध्यक्ष मोहन बाँस्तोलाले सुविधा सम्पन्न आफ्नो भवन नहुँदा भाडाको भवनमा कार्यालयमा रहदाँ सेवा प्रवाहमा समस्या हुदै आएको बताउदै भवन निर्माणसंगै सेवा प्रवाहमा सहजता आउने बताए । वडा कार्यालयमा आउने ज्येष्ठ नागरिक, अपाङग, असक्तहरुलाई मध्यनजर गदै लिफ्टको समेत व्यवस्था रहेको छ । वडा सदस्य तीर्थकुमारी गुरुङले वडा कार्यालयलाई अझै पूर्वाधारयुक्त बनाउन आवश्यक रहेको बताइन् । यसअघि पोखरा महानगरको वडा नम्वर १२ ले नयाँ कार्यालय निर्माण गरेर उद्घाटन गरिसकेको छ ।

Comments are closed.