वडा अध्यक्ष पदका उम्मेदवार चौधरीलाई आयोगको स्पष्टीकरण


काठमाडौँ–

दुर्गा भगवती गाउँपालिका वडा ४ का अध्यक्ष धर्मनाथ चौधरीलाई निर्वाचन आयोगले २४ घण्टे स्पष्टीकरण सोधेको छ । वडा अध्यक्ष चौधरीले निर्वाचनलाई प्रभावित गर्नेगरी गतिविधि गरेको भन्दै आयोगले स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । चौधरीले दुर्गा भगवती वडा ५ का एक जना महिलालाई दुई हजार रुपियाँ नगद दिएको र अर्को एक जनालाई पाइप वितरण गरेको उजुरी आयोगमा परेको छ । निर्वाचन आचारसंहिता २०७८ अनुसार मतदातालाई प्रभावमा पार्नेगरी कुनै गतिविधि गर्न नमिल्ने
व्यवस्था रहेको छ । आचारसंहिता प्रतिकूल काम गरेकाले तपाईंलाई निर्वाचन आयोग ऐन २०७३ को दफा २३ बमोजिम किन कारवाही नगर्नु पर्ने हो ? २४ घण्टा भित्र आधार प्रमाणसहित स्पष्टीकरण पेश गर्न हुन नियमानुसार आदेश गरिन्छ भनेर आयोगले भनेको छ ।

Comments are closed.