पोखरा हटलाईन
साउन २६
पोखरामहानगरपालिकाले सामुदायिक नर्सर्री स्थापना गरेको छ । महानगरले वडा कार्यालयभित्रै नर्सरी स्थापनागरी सस्तो मुल्यमा, गुणस्तरीय बेर्ना बिक्री गर्ने योजनासहित सामुदायिक नर्सरीको अवधारणा ल्याएको महानगर कृषि महाशाखा प्रमुख मनोहर कडरियाले बताए ।अघिल्लो आर्थिक वर्षमा ९ वटा वडामा सामुदायिक नर्सरी स्थापना गर्ने कार्यक्रम ल्याएको थियो तर योजनाका र्यान्वयन गर्ने तयारी गदै थियौ कोरोनाभाइरसका कारण सफल हुन सकेन् उहाँले भन्नुभयो, ‘पोखरा वडा नम्वर २९ मा भने फागुनमा नर्सरी स्थापना ग¥यौ ।’ पोखरा महानगरले वडा वडामा कृषि सञ्जाल स्थापना गरेको छ । वडामा नर्सरी स्थापनाकालागि प्लाटिक घर निर्माण, विरुवा उमार्ने लगायतका सामग्रीका लागि २ लाख ४० हजार रुपियाँ खर्च महानगर कृषि शाखाले गरेको छ । उक्त नसरीको व्यवस्थापन गर्ने जिम्मेवारी कृषि सञ्जाललाई दिएको छ । विरुवा आवश्यक पर्नेहरु वडामा आउने र त्यहाँबाट खरिद गरेर लैजाने ब्यवस्था गरेका छौ कृषि महाशाखा प्रमुख कडरियाले भने,‘नागरिकहरु वडामा आउनुहुन्छ, त्यहाँआएकाहरुलाई आवश्यक पर्ने तरकारी, फलफुल र फुलका विरुवा किनेर लैजानुहुन्छ ।’
कृषि सञ्जाल पोखरा २९ का अध्यक्ष होमनाथ पौडेल भन्छन्, वडाका तीन ठाँउमा ४० जनालाई तालिम दियौ । अहिले उहाँहरु कृषिमा लाग्नुभएको छ । सामुदायिक नसरीको पहिलो चणमा २१ ह्जारका विरुवा विक्री गरेका छौ उनले भने, ‘कृषि सञ्जालमा ३९ जना किसान दर्ता भएका छन् छ तर १ सय ५० किसानले विरुवा किनेर लागेका छन् ।’वडा कृषि सञ्जालका सदस्य शिवमणी भटराई भन्छन्,‘गुणस्तरीय विरुवा उत्पादन गर्ने र सस्तोमा विरुवा उपलब्ध उद्देश्य सहित सामुदायिक नर्सरी स्थाना गरिएको हो ।’उनका अनुसार तरकारीका बेर्ना तीन रुपैयाँ र सयपत्रीफुलका बेर्ना २० रुपैयाँमा विक्रीगरिएको छ । पैशा बाहिरिएको छ, त्यसैले विरुवा आफैले उत्पादन गरेर वडामा विक्री गर्दा आर्यमा बृद्धि हुने भटराईले बताए । नसरीबाट बेर्ना विक्री भएको पैशा कृषि सञ्जालले राख्ने र त्यही लगानी गर्ने गरी सामुदायिक नसरीको अवधारणा ल्याइएको महानगरले जनाएको छ । सामुदायिक नर्सरीमा अगौटे काउली, बन्दा, ब्रोकाउली, तथा सयपत्री फुलका विरुवा विक्री हुदै आएको छ ।
Comments are closed.