वन्द हडताल र जफत

दश दश वर्षको वन्द हडताल लुटपाट अपहरण हत्या जस्ता अनगिन्ति घटनाहरूलाइ भोगि सकेका नेपाली जनता अझै पनि भोग्न वाध्य छन। नेकपा माओवादीको नाउमा मुलुक अझै अन्योलमा छ। शान्ति प्रकृया मार्फत राज्यको सत्तामा सामेल भएको माओवादी राजतन्त्रको अन्त्य, लोकतान्त्रिक गणतन्त्रको स्थापना, समानुपातिक र समावेसी सिद्धान्तको संविधान,विभिन्न जात जतिको हक अधिकार र उत्थानकोलागि आयोगहरूको व्यवस्था लिएर अगाडि वढेको मुलुकमा प्रतिस्पर्धावाट जे पनि प्राप्त गर्न सकिन्छ भन्ने कुरा विर्सेर उही पुरानो सुत्रवाट अगाडी वढन चाहनेहरूले पार्टि फुटाएर पुरानै कृयाकलापमा संलग्न भएर देशलाइ कमजोर वनाउनु राजनीतिक वेइमानी हो।
नेत्रविक्रम चन्द दशवर्षे युद्धकालका कमान्डर हुन। शान्ति प्रकृयावाट सत्तामा सामेल पनि भएकै हुन। पहिलो आम निर्वाचनमा भाग लिएर सत्तास्वाद पनि चाखेकै हुन। के कुरामा विमति भयो उनीहरूनै जानुन। पार्टी भित्रको विमति पुन सडकमा ल्याएर सोझा युवाहरूलाइ विद्रोह गर्न वारंम्वार उक्साइएको छ। अहिले पनि उही पुरोनो शैलीमा वन्द, हडताल ,जग्गा कव्जा जस्ता कार्यक्रम संगै वम विश्फोटगराउने चन्दा असुल्ने जस्ता गतिविधिलाइ वढाइएको छ। यो धेरै आलोचित र अव्यवहारिक कदम हो। विगतमा असफल भएको कार्यक्रम कुन आधारमा फेरि ल्याइयो ?  समय धेरै परिवर्तन भएको छ।संचार हिजोको जस्तो छैन। युवाहरू पनि पुरै अन्धा छैनन। राज नीति एउटा धारमा चलिसक्को छ। गतिशील संविधान वनिसकेको छ। जनताको मन जितेर दुइ तिहाइ ल्याएर आफ्ना पुरै एजेण्डा लागु गर्न सकिन्छ। यो सुविधा छदा छदै फेरि आतंकको वाटो रोज्नु भनेको सोझै आत्महत्या हो। राजनीतिमा आत्महत्यावाद राम्रो मानिदैन। जनतासंग राजनीति जोडिन्छ। धम्की अपहरण कव्जा असुली वन्द हडताल यी सवै राजनीतिक चरित्रका कृया होइनन। अराजनीतिक कृयावाट अगाडि वढनेले “जनताको लागि ” भनेर सम्वोधन गर्ने हक साचेको हुदैनन।   आज वन्द अव्हान गरियो।  नोक्सान कसको भयो ? सामान्य मजदूरी गर्नेको ज्याला खोसियो। साना साना स्कुले वालवालिकाले पढन पाएनन।विरामी असक्त र सुत्केरी महिला सहितका राज्यको निम्न मध्यम वर्ग वडि प्रभावित भयो। वन्दकर्ताहरू यसैमा गर्व गरेका छन। यस्तो वन्द वर्षौ देखि गरिदै आइएको होइन र ? यसको प्रभाव पहिले नै पर्न छोडेको होइन र ? सरकारमा रहेकालाइ वन्दले कहिले छोएको छ र? यस्तो असफल हतियार किन वारंम्वार प्रयोग गरिएको छ। के सवै भन्दा सजिलो हतियार यही हो? यदी हो भने यसलाइ तुरून्तै रोक र नया उपाए खोज आफ्ना माग पुरागर्नको लागि। जनतालाइ सोझै मार पर्ने वन्द कार्यक्रम सधैको लागि वन्द गर्दा सवैको भलो हुन्छ।

Comments are closed.