वर्थिङ्ग सेन्टर नचलाउने स्वास्थ चौकी खारेज गरिने

पोखरा, १९ असार/ पश्चिमाञ्चल क्षेत्रीय स्वास्थ निर्देशक डा।तारानाथ पौडेलले वर्थिङ्ग सेन्टर नचलाउने स्वास्थ चौकीलाई खारेज गर्नु पर्ने बताएका छन् । सुशासनको लागी नागरिक समाज कास्कीले भरतपोखरीका सेवा प्रदायक र सेवाग्राही बिचको अन्तरक्रिया तथा सामाजिक परिक्षणको आम भेलामा बोल्दै पौडेलले वर्थिङ्ग सेन्टर चल्ने तर सुविधा सम्पन्न नगरपालिकामा नचल्नु दुःखद भएको बताए ।

जिल्ला जनस्वास्थ कार्यलयले सबै स्वास्थ चौकीहरुमा वर्थिङ्ग सेन्टर राख्न ध्यान दिन निर्देशन दिदै डा।पौडेलले सबै स्वास्थ कर्मीले २४ सैं घण्टा सेवा दिनुपर्ने बताए । कर्तव्यबाट विचलित स्वास्थ कर्मीलाई कार्वाही गर्ने घोषणा गर्दै उनले स्वास्थ चौकीहरुमा जनताको आकर्षण बढाउनु पर्ने धारणा राखे । सुनासका अध्यक्ष पुण्य पौडेलले स्थानिय समुदाय र व्यवस्थापन समिति सक्रिय नभए सम्म गुणस्तरीय सेवा दिन नसकीने धारणा राखे । भरतपोखरी स्वास्थ चौकीका इन्चार्ज गोकर्ण सापकोटाले वर्थिङ्ग सेन्टरलाई आएको कर्मचारी विचैमा फर्केकोले समस्या आएको बताए । सिनियर अहेव प्रकाश पौडेलले जिल्ला जनस्वास्थ कार्यलयबाट वर्थिङ्ग सेन्टरको लागी सबै सामाग्री आए पनि दक्ष कर्मचारी नहुदा सञ्चालन हुन नसकेको जानकारी दिए ।

कार्यक्रममा जिल्ला जनस्वास्थ कार्यलयका शाखा अधिकृत कृष्ण बराल, वडा सचिव बसन्तनाथ शर्मा, निर्वाचन क्षेत्र विकास कार्यक्रमका प्रतिनिधि धनबहादुर नेपाली, तुलराज स्मृती प्रतिष्ठानका अध्यक्ष शिव प्रसाद आचार्य, सुनास कास्कीका सचिव दिपेन्द्र श्रेष्ठ, कार्यक्रम अधिकृत भानु पराजुली, सामाजिक परिक्षक ललितमान ताम्राकार, हरिप्रसाद गोर्खाली, मनोहर शर्मा आचार्य, चन्द्रकान्त आचार्य, ढाकाराम बस्ताकोटी, अनिल प्रसाद आचार्य लगायतका वक्ताहरुले सरकारे प्रदान गर्दै आएको निशुल्क स्वास्थ सेवालाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।

Comments are closed.