एजेन्सी, मंसिर ११
वर्ष २०१९ को बालोन डि‘ओर अवार्डका लागि सुरुआतबाटै विभिन्न सर्वेक्षणहरूले इंग्लिस क्लब लिभरपुलका डच डिफेन्डर भर्जिल भान डाइकलाई प्रमुख दाबेदार देखाउँदै आएका छन् । तर, अवार्ड घोषणा हुन ६ दिन बाँकी छँदा एक नयाँ सर्वेक्षणले भने स्पेनिस बार्सिलोनाका लिओनल मेस्सीलाई प्रमुख दाबेदार देखाएको छ ।
यस्ता अनलाइन सर्वेक्षणहरूमा मेस्सी पहिलोपटक पहिलो नम्बरमा दाबेदार देखिएका हुन् । ‘स्काई बेट’ ले गरेको ताजा सर्वेक्षणमा मेस्सी पहिलो स्थानमा छन् । यसपटक भान डाइकसँगै इटालियन युभेन्टसका क्रिस्टियानो रोनाल्डोलाई पनि प्रमुख दाबेदार मानिएको छ ।
Comments are closed.