वालिङ उवासंघको अध्यक्षमा पौडेल

प्रकाश डोटेल/ स्याङ्जा, २४ बैशाख
वालिङ् क्षेत्रका उद्योगी ब्यवसायीको साझा संस्था वालिङ उद्योग वाणिज्य संघको अध्यक्षमा शोभाकान्त पौडेल बिजयी भएका छन् । छैठौं अधिबेशनबाट पौडेलले प्रतिस्पर्धी अर्जुनप्रसाद खनाललाई २६ मतले पछाडि पार्दै अध्यक्षमा निर्वाचित हुन् ।

एमालेका तर्फबाट उमेद्वार बनेका पौडेलले ६०७ मत प्राप्त गरे भने कांग्रेसबाट उमेद्वार बनेका खनालले ५८१ मत प्राप्त गरेका थिए । त्यस्तैगरी बरिष्ठ उपाध्यक्षमा अनन्तराज गैह्रे ६८५ मत गर्दा प्रतिस्पर्धी खगेन्द्रप्रसाद अर्यालले ४७६ मत ल्याउन सफल भए ।
संघको उपाध्यक्षमा युगमाया पंगेनीले ६१३ मत ल्याई बिजयी भएकी छन् भने पराजित मुहमद नासिर खाँले ५३१ मत प्राप्त गरे । महासचिवमा गिरमान गुरुङले ६०३ मत ल्याएका थिए भने पराजित यज्ञप्रसाद अधिकारीले ५४६ मत प्राप्त गरे ।
सन्तोष श्रेष्ठ ६२५ मत ल्याई सचिवमा बिजयी हुँदा पराजित चक्रबन्धु रेग्मीले ४८२ मत प्राप्त गरे । कोषाध्यक्षमा सुदन श्रेष्ठले ६०९ मत प्राप्त गर्दा प्रतिस्पर्धी बरुण गैह्रेले ५१७ मत ल्याए । सह–कोषाध्यक्षमा ५९९ मत प्राप्त गरी यामप्रसाद अधिकारी (लक्ष्मण) बिजयी हुँदा पराजित रुपा आले थापाले ५१९ मत प्राप्त गरिन ।
त्यस्तैगरी सदस्यहरुमा युवराज आले ६२९, कविता भुसाल ६२२, अशोक तिवारी ६१६, बिजयबिक्रम खाँण ६०९, दीपक श्रेष्ठ ५९६, शिवलाल डुम्रे ५८४, दामोदर तिवारी ५८०, बुधमान गुरुङ ५७४ र अनिल कर्माचार्यले ५७१ मत प्राप्त गरी सदस्य बिजयी भए ।
सदस्य पदमा पराजित शम्भु अर्याल ५६९, लक्ष्मण बगाले ५५९, अनुपमा तिवारी ५४८, शंकर श्रेष्ठ ५१७, केशरबहादुर कु“वर ४९२, यामकान्त गैह्रे ४९२, यामकान्त गैह्रे ४९१, रोशन कु“वर ४९०, नेत्रप्रसाद भुसाल ४४७ र डोलप्रसाद रेग्मीले ४३७ मत प्राप्त गरेको निर्वाचन अधिकृत गंगालाल सुबेदीले जानकारी दिए ।
नेकपा एमालेका तर्फबाट उमेद्वार बनेका अध्यक्ष, बरिष्ठ उपाध्यक्ष, महासचिव, सचिवसहित ४ सदस्य र कांग्रेसतर्फबाट उमेद्वार बनेका उपाध्यक्ष, कोषाध्यक्ष, सह–कोषाध्यक्षसहित ५ जना सदस्य निर्वाचित भएका छन् । कूल १ हजार २ सय ९३ जना मतदाता रहेको संघको निर्वाचनमा १ हजार २ सय २६ मत खसेको थियो । जसमा ३९ मत बदर भएको निर्वाचन अधिकृत सुबेदीले जानकारी दिए ।

Comments are closed.