पोखरा २० कार्तिक
पोखरा उप–महानगरपालिकाका कार्यकारी अधिकृत उदयबहादुर रानामगरले विकासमा काममा नगरवासी अझै सचेत र जागरुक हुन नसकेको बताएका छन् । उनले कतिपय योजनाहरुमा स्थानीय वा सम्बन्धित व्यक्तिहरु सचेत र सक्रिय नहुदाँ सतप्रतिशत नतिजा आउन नसकेको बताएका हुन् । पोखरा उपमहानगरपालिकाको गत आर्थिक वर्ष २०७१÷७२ को सामाजिक परिक्षण सम्बन्धि प्रारम्भिक प्रतिवेदन प्रस्तुति तथा छलफल कार्यक्रममा उनले अहिले पनि चालुवर्षका योजनाहरु सम्झौता गर्नका लागि नगरवासीलाई ताकेता गर्नुपरेको उल्लेख बताए ।
कार्यक्रममा सहभागीहरुले नगरपालीकाले समयमै विकासका काम सम्पन्न गर्न नसकेको र ढिला सुुस्ती गरेको लगागतको गुनासो गरेका थिए । काम पुरा नभएका योजनालाई उनीहरुले सामाजिक परिक्षणको अन्तिम प्रतिवेदनमा उल्लेख गर्नुपर्नेमा पनि जोड दिएका छन् । साथै गत बैशाखको भूकम्पका बारेमा प्रतिवेदनमा कुनै कुरा नआएको, वातावरण संरक्षणका लागि भएका प्रयासका बारेमा उल्लेख नगरिएको र स्थलगत अनुगमनमा जादाँ कुनै उदाहरणीय कार्य भएको स्थानमा जान सुझाब दिएका थिए ।
सामाजिक परिक्षक कम्पनी ईको स्मार्ट प्रालिले सामाजिक प्रतिवेदन प्रस्तुत गरेको हो । कम्पनीका तर्फबाट सामाजिक परिक्षक शारदाप्रसाद न्यौपानेले पोखरा उपमहानगरपालिकाले गत आर्थिक वर्ष ०७१÷७२ मा ५६ करोड ७७ लाखको कूल बजेट संचालन गरेको जनाएका थिए ।
Comments are closed.