विखण्डनकारी सलबलाए मौका पाए

विक्रान्त कुमार श्रेष्ठ ‘सुवर्ण’

चन्द्रकान्त, दिपक र खड्क, तीनैजना मेरो नजरमा Famous छन् । Popular होइन किनकी famous र popular मा धेरै फरक छ । popular भनेको गोविन्द के.सी हुन्, famous भनेका त गोविन्द के.सी. का बिरुद्ध अनसन बसालिएको गुण्डा …….. । राम्रो काम गरेर नाम कमाउने popular र नराम्रो काम गरेर नाम कमाउने famous बुझ्झ्ने गरी भन्नु पर्दा कुख्यात र विख्यात ……… ।

  स्वतन्त्र मधेश मागेका छन् चन्द्रकान्त ..... अमेरीकामा मासिक १५ लाखको जागीर छोडेर मधेश माग्न आए चन्द्रकान्त । नेपालबाट छात्रबृतिको कोटामा बिदेशमा पढेर जान्ने, बुझ्ने भएपछि नेपाल आमाकै छातीमा बुट बजारेका छन्, चन्द्रकान्तले । किन स्वतन्त्र मधेश .... मधेश नेपालको उपनिबेश हो भनेर हिड्दै छन् यीनीहरु.... । उपनिबेशको परिभाषा के हो, कस्तोलाई उपनिबेश भनिन्छ ? भन्ने कुरो नै तिनीहरुले बुझेका छैनन् र सीधा सीधा मधेशी जनतालाई महामुर्ख बनाएको छन् ।

  हिमाल, पहाड र तराई बनेर नेपाल राष्ट्र बनेको छ । उपनिबेश कहिल्यै पनि उपनिबेश बनाउने राष्ट्र भन्दा सफल र विकसित कहिल्यै हुदैन, भारत बिट्रेनको गुलाम रहदा बिट्रेन भन्दा विकसित र शक्तिशाली थिएन र ७३ वर्षसम्म स्वतन्त्र भएपनि बिट्रेनको २०% पनि दा“जोमा आउन सकेको छैन । अब बुझ्न जरुरी यहा“नीर छ, हिमाल पहाड र मधेशमा सबैभन्दा सुगम, विकसीत र शिक्षित मधेश नै छ । स्कुल, अस्पताल, बाटोघाटो, खानेपानी, बिजुली, इन्टरनेट, सिचा“ई, शहर र सुृविधाजनक जति विकास भएका छन्, हिमाल भन्दा १० गुणा र पहाड भन्दा ५ गुणा बढि विकास त मधेशमा नै भएको देखिन्छ । र प्रश्न त यहा“नीर उठ्छ, उपनिबेश बनाउने राष्ट्र भन्दा सो राष्ट्रले बनाएको उपनिबेश कसरी विकसित भयो । उपनिबेशबाट त उपनिबेश बनाउने राष्ट्रले सकेको लुट्छ त.... । यसको उदाहरण भारत र बिट्रेनकोको इतिहास नै काफी छ । भारतबाट बिट्रेनको हजारौ करोड डलर बराबरको सम्पत्ति लुटेर लगेको थियो । अनि हिमाल र पहाडले के लुटेको छ मधेशबाट बरु आफुले तिरेको करबाट श्रमबाट मधेश सिर्गान लागेको छ । नेपालीले अझ मधेशीमुलको नेपालीले त कदापी पनि स्वतन्त्र मधेशीको नाम पनि सुन्न चाहन्न, किनकी त्यी भनेकै वास्तवीक मधेशी हुन् र सा“चो नेपाली हुन् । उपेन्द्र यादव, विमलेन्द्र निधि, जुलि महतोलगायतका मधेशीहरु सच्चा मधेशी र नेपाली हुन् । वर्ण कालो हुदैमा मधेशी हुने होइन । राई, लिम्बु, नेवार, ब्राह्मण, क्षेत्री, मुस्लिम पनि मधेशी हुन् । मधेशमा बसोबास गर्ने हरकोही नेपाली मधेशी हुन् । पहाडमा वस्ने हरकोही नेपाली पहाडी हुन् । हिमालमा बस्ने हर कोहि नेपाली नै हिमाली हुन्, यी कुरा नबुझ्ने कुकुरहरुले बुझ्न जरुरी छ ।

  ओ.के .... अहिले चन्दकान्तले मधेश माग्यो ... भारतले साथ देला ... तर हिमाली नेता दिपक मनाङ्गे (जसलाई डनको पगरी भिराईएको छ) नेतृत्वमा हामी हिमाली जनता पनि नेपालको उपनिबेश हो र हामीलाई छुट्टै हिमाली राष्ट्र चाहिन्छ भनेर चीनले पनि साथ दिने होकी खड्क ओ.ली. पहाडको मात्र प्रधानमन्त्री हुन चाहन्छन् ? के हिमाली राज्य चीनसंग मिलेको हिमाली नेता लाई दिन सक्छन्... ?  मधेश ....मधेशी नेता तथा भारतलाइर्, हिमाल हिमाली नेता तथा चीनलाई दिने... ?

मधेश त कयौं गुना विकसित छ, हिमाली र पहाडी भेग भन्दा … हिमाली जनताले एक किलो चामल र एक किलो नुनका लागि कठोर संघर्ष गरिरहेका छन् । एक महिना, केबल एक महिना छुट्टै मधेश चाहिन्छ भन्ने नेतालाई हिमाली प्रदेशको सामान्य जनतासरी जीवन निर्वाह गर्न लगायो भने लेखेर राख्नुस त्यी नेता फेरि मधेश र्फकेर आउन सक्दैनन्, तीनको इहलिला नै त्यहि समाप्त हुन्छ । म सलाम गर्न चाहान्छु, त्यी हिमाली जनतालाई जसले एक किलो चामलका लागि संघर्ष गर्दा पनि म नेपालको छोरा वा छोरी भन्न कदापि चुक्दैन्न ।

हँुदैन बिहानी मिरमिरेमा तारा झरेर नगए ।

बन्दैन मुलुक दुई चार सपुत मरेर नगए ।।

यहा“निर कवि भूपि शेरचन मज्जाले चुकेका छन् । नेपालमा हजारौं सपुतहरु मरेर शहिद भई सके, त्यहि पनि मुलुक सफल हुन सकिरहेको छैन् ? भूपिले हँुदैन बिहानी मिरमिरेमा तारा झरेर नगए, बन्दैन मुलुक वृद्ध, रोगी, अशिक्षित र लुटिखान पल्केका नेताहरु अकालमा मरेर नगए भनेर लेख्नुपर्ने हो तर गलत लेखेको महशुस भएको छ मलाई । हैरान, हैरान र हैरान नै पारेका छन् नेपाली जनताहरुलाई । नेताहरुले लोभ देखाएर कहिले के को र कहिले के को …. विश्वास गर्दा र नजिता कुर्दै जाने भयो नेपालीको जीवन । कहिले प्रजातन्त्र, कहिले लोकतन्त्र, कहिले गणतन्त्र, समृद्धि, रेल, पानीजहाज, पाईपग्या“स, खाट्मै भात र अजै के के आउने हो । तर बोलेर मात्र विकास सम्भब हुदैन् । विखण्डनकारीलाई जेलबाट निकालेर माला अर्पेर सम्मान दिर्दै हेलीकप्टर र अंगरक्षक दिर्दैमा पपुलर हुन सक्नुहदैन् महोदय, बरु फेमश हुन सक्नुहुन्छ । कहि नभएको जात्रा हाँडि गाउ“मा भन्ने स्थानीय उखान आज परिवर्तन भएर कहिँ नभएको नाटक नेपालमा भनेर अन्र्तराष्ट्रिय भईसकेको कुरा कम्यूनिष्ट, का“ग्रेस र विभिन्न राजनीति दलमा आबद्ध नेताहरुलाई थाहा नै छैन् ।

गुण्डाका नाईके दिपक मनागेलाई कसैले झण्डै बुद्धि हालिदिएनछन् छुट्टै हिमाली राज्य माग्नु पर्छ भनेर ….. । नत्र उहा“को सम्पूर्ण मुद्दा खाजेर भई गण्डकी प्रदेशका मुख्यमन्त्री पनि हुन सक्नुहुनेछ । र डा. बाबुराम भट्टराई जत्तिकै बुद्धिजीवि हुनु हुदो रहेछ भनेर प्रवचन आईहाल्थ्यो तर दिपक मनागेलाई बुद्धि फुराई दिने कुनै नेताको हिम्मतै भएन् । बाघलाई पिञ्जडाबाट निकाल्यो भने हामीलाई खाईदिन सक्छ भन्ने उखानस“ग डराएर होला सायद !

सम्माननीय प्रधानमन्त्री केपी ओलीले भारतले नाकाबन्दी लगाउ“दा जुन राष्ट्रवाद पेश गर्नु भएको थियो । एक वर्ष भित्रैमा उक्त राष्ट्रवाद छताछुल्ल भएको छ । दुई तिहाईको बहुमत का“ग्रेसीको आपसी फुट, मधेशेको साथ प्रचण्डको जग सबै गोटी आफ्नो हातमा हुदा पनि निर्मला, गोरे काण्ड, लगाएत दर्जनौ मुद्दाहरुमा पूर्णत असफल भई जनता माझ नै अप्रिय भईसकेको छन् । एउटा गायककारलाई तेरो गित बन्द गर भन्ने कस्तो गणतन्त्र हो ? यस्तो बन्देज त राणकालमा पनि थिएन् । १५ हजार रुपैया“ पर्ने १ बोतल पानी दिनको ४ बोतल खादा महिनाको १८ लाख रुपैया“ पानीमा खर्च गर्ने प्रधानमन्त्रीका रुपमा पनि खड्कजी दरिएका छन् । वास्तवमा महिनामा १८ लाखको पानी पिउने प्रधानमन्त्रीको मगजमा कम्तिमा महिनामा १८ करोड डलर राष्ट्रको धुकुटीमा जम्मा गर्न सक्ने बुद्धि अवश्य हुनुपर्छ । नत्र नेपाली जनताले आफ्नो देश तथा खाडि मुलुकमा गएर बगाएको रगत र पसिनालाई पानी बनाएर खाने विखण्डनकारीलाई जेलबाट छुटाएर अभिनन्दन गर्दै देश टुक्राउन मद्दत गर्ने जमर्को गर्छ भने भोलि नेपाली जनताले एक एक हिसाब मागेर न्याय गर्ने छन् भन्ने कुरामा दुई मत नै छैन् । का“ग्रेसका सभापति शेरबहादुर देउवा, डा. शेखर कोईरालाहरु आफुहरुले खाई रहेको मह कम्यूनिष्टहरुले कब्जामा लिएर यिनीहरुलाई देखाई देखाई स्वाद लिदै खाई रहदा पनि खोसिएको मह हेदै आ–आफैमा लडन छोडेका छैनन् । कमल थापा जस्ता ढोकी नेताहरु गाईलाई नेपाल भरि डुलाउदै हिन्दु राज्य हो भन्दै उपप्रधानमन्त्री खाने दाउमा देश दौडाहामा लागेका छन् ।

यसरी आपसि फुटमा अल्झिरहेका नेता गणहरुलाई यो पनि हेक्का रहोस कि चिनको हल्का ईसाराले दिपक मनागे लगाएका अन्य हिमाली नेताले चन्द्रकान्तले जस्तै छुट्टै हिमाली राज्य पनि माग्ने छन् र अवश्य माग्ने छन् । अस्तु ।

लेखक ः स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका अध्यक्ष हुन् ।

Comments are closed.