विग आईकनसँग ‘द ब्रिटिश कलेज’को सहकार्य

पोखरा, १७ भदौ ।

छैठौँ विग आईकनको लागि विग एफएमले काठमाण्डौ थापाथलीस्थित ‘द ब्रिटिश कलेज’सँग व्यवसायिक सहकार्य गर्ने भएको छ । ‘प्रामोटेड बाई’ टाईटलमा उसले विग आईकनसँग सहकार्य गर्ने भएको हो ।

बुधबार विग एफएमका अध्यक्ष महेश भण्डारी र द ब्रिटिश कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले सहमतीपत्रमा हस्ताक्षर गरेका छन् । यस अगाडिका विग आईकनका दुईवटा सँस्करणमा पनि कलेजले व्यवसायिक सहकार्य गरिसकेको छ ।The British college

‘तेस्रो पटक पनि द ब्रिटिश कलेजसँग हामीले यसरी सहकार्य गर्न पाउँदा निकै खुशि लागेको छ ।’ सहमती पत्रमा हस्ताक्षर गरिसकेपछि विग एफएमका अध्यक्ष महेश भण्डारीले भने–‘यो कुराले पनि विग आईकनको प्रभावकारिताको पुष्टी गर्छ ।’ विग आईकनसँगको सहकार्यले दुवै पक्षलाई उत्तिकै फाईदा पु¥याउने उनले विश्वास दिलाए ।

त्यस्तै द ब्रिटिश कलेजका प्रमुख कार्यकारी अधिकृत राजन कँडेलले साँगीतिक प्रतिभाहरुको लागि नेपालकै उत्कृष्ट मञ्च सावित भएको विग आईकनको ‘प्रोमोटेड बाई’ टाईटलमा कलेजले सहकार्य गर्दा जिम्मेबारीबोध भएको बताए । ‘सामाजिक रुपमा पनि कलेजको यो निर्णयले सहि अर्थ राख्छ ।’ उनले भने–‘र, विग एफएमसँगको सहकार्यले अझै निरन्तरता पाउनेछ ।’

द ब्रिटिश कलेजकै चाँजोपाँजोमा चौथो विग आईकन मुस्कान रानाभाट विग एफएमका अध्यक्ष महेश भण्डारीसँगै सेप्टेम्बर २० मा साँगीतिक कार्यक्रमका लागि बेलायत पनि जाँदैछिन् । द ब्रिटिश कलेजका अगुवाईमा ‘यूरोपको नेपालीपत्र’ पत्रिकाले रानाभाटलाई निम्तो गरेपछि उनी त्यहाँ जान लागेकी हुन् । उनले बेलायतको रिडीङ, अल्ट्रसट, विलिच, हन्स्लो शहरमा रहेका नेपालीहरुमाझ साँगीतिक कार्यक्रम प्रस्तुत गर्नेछिन् । रानाभाटको सम्पूर्ण बेलायत भ्रमण खर्च कलेजले नै व्यवस्थापन गरेको छ ।

Comments are closed.