पोखरा
तरकारी व्यवसायका विचौलीयाले दादागिरी शैली अपनाएपछि बाध्य भएर
तरकारी नष्ट गर्नुपरेको पोखरा महानगरपालिका वडा नं १५ का जनसमुदायले
दावी गरेका छन् ।
स्थानीय टोल विकास संस्थाका प्रतिनिधि, यूवा क्लब, महिला समूह लगायतले
मंगलबार संयुक्त प्रेश विज्ञप्ति जारी गर्दै यस्तो दावी गरेका हुन ।
ढुुगेसाँघुु टोल विकास संस्था, नयाँ पाइला युवाक्लब, अमिनतारा महिला
समुह गण्डकी रिभर साइड युवा क्लब र पटनेरी टोलविकास संस्थाका
प्रतिनिधिहह?ले संयुक्त विज्ञप्ति जारी गर्दै घटनाको वास्तविकता नबुझी
गाली गलौजमा उत्रन नहुने माग गरेका छन्।
वडा १५ स्थित एक तरकारी व्यापारीले गलत नियतका साथ जिल्लाबाहिरका
तरकारीहरु अवैध तरिकाले कास्कीमा निर्यात गरेको र स्थानिय टोलवासीसँग
सरसल्लाह नगरी राति २ बजे देखि टोलमा भिडभाडसंगै होलसेलमा वेचविखन
गरीरहेको पाईएपछि तरकारी जफत गरेर नष्ट पार्न बाध्य भएको
विज्ञप्तिमा उल्लेख गरिएको छ।
वर्तमान परिस्थितिमा कोरोनाको भयावह र जोखिम अवस्थामा स्थानीय प्रशासनले
जिल्ला बाहिरका तरकारीजन्य वस्तुुहरु आयातमा रोक लगाएको अवस्थामा
स्थानीयहरुले सम्झांउँदा दादागीरि शैलीमा हातपात गरेको र तत्पश्चात
स्थानिय युुवा क्लब, आमा समुुह र टोलबिकास संस्थाले स्थानिय जनप्रतिनिधी
वडा अध्यक्ष र मिडियाकर्मीकै रोहबरमा तरकारी नष्ट गरिएको विज्ञप्तिमा
उल्लेख गरिएको छ। तरकारी नष्ट गर्नु अघि वडा अध्यक्ष प्रकाश पौडेलले
कास्की तरकारी अनुगमन समितिका सदस्यहरु र स्थानिय प्रहरीलाई खबर समेत
गरेको विज्ञप्तिमा जनाईएको छ । स्थानियको आवाज र सबै प्रतिनिधिको
रहोवरमा कोरोनाको उच्च जोखिमलाई मध्यनजर गर्दै तरकारी नष्ट
पारिएको जनाउँदै विज्ञप्तिामा सामाजिक संजालहरुमा आएका विभिन्न
टिकाटिप्णीहरु मध्ये साथी नामक युुवट्युुव च्यानलले प्रशारण
गरेको समाचार प्रति आँफूहरुको गम्भीर ध्यानाकर्षण भएको
जनाईएको छ। वडा अध्यक्षलाई व्यक्तिगत रुपमा घृणीत शब्द सहित
अभद्र शैलीमा गाली गलौज गरेको भन्दै आपत्ती जनाईएको छ ।
हुनाले वास्तविकता नबुुझी अरुले खिचेको भिडियो र फोटोको आधारमा
गाली गलौजमा उत्रनेप्रति कारवाहीको माग समेत विज्ञप्तिमा गरिएको छ ।
Comments are closed.