विजय र निशाको लोक दोहोरी गित ‘पिपलु’ सार्वजनिक

पोखरा हटलाइन,
फागुन २९ पोखरा ।
लोक तथा दोहोरी गायक विजय केसी र गायिका निशा केसीको लोक दोहोरी गित ‘पिपलु’ सार्वजनिक भएको छ ।
माया प्रेमको भाव समावेश गरिएको दोहोरी गित यही शुक्रबार शिव हमाल यूट्युव च्यानलबाट सार्वजनिक भएको हो । शिव हमालले शब्द संगित सिर्जना गरेको गितमा विजय केसी र निशा केसीको आवाज रहेको गितले दर्शक श्रोताको राम्रो प्रतिक्रिया पाइराखेको गायक केसीले जानकारी दिए ।
सार्वजनिक लोकदोहोरी गित ‘पिपलु’ मौलिक विषयवस्तुमा लोक पारखीहरुका लागि विल्कुलै फरकपन दिने प्रयास गरिएको गायक केसीले बताए । तत्कालिन लोक तथा दोहोरी गित प्रतिष्ठान गण्डकी अञ्चलका कोषाध्यक्ष समेत रहेका केसीले दर्शक, श्रोतालाई मन पर्नेमा आफू विस्वस्त रहेको बताए । उनले भने, ‘यो गित माया प्रेममा आधारित मौलिक विषय वस्तुमा तयार पारिएको छ, दर्शक श्रोताले मन पराउनेमा म विश्वस्त छु ।’
यस्तै गायिका निशा केसीले दर्शक श्रोताले गितमा मौलिकता भित्रपनि फरकपन पाउने बताइन् । उनले भनिन्, ‘लोक गित सुन्ने श्रोताले मौलिक विषयवस्तुमा पनि फरकपन पाउनु हुनेछ, त्यसका साथै गित रमाइलो विषयवस्तुमा छ । दर्शक श्रोतालाई फरकपन दिनका लागि हामीले मिहिनेतपनि कडा गरेका छौं , सोही अनुसार मन पराईदिनुहुेछ यसमा म आशावादी छु ।’
आधा दर्जन बढी गितमा स्वर दिएकी गायिका केसी ‘मोना अष्ट्रेलिया’मा पनि आवद्ध छन् । गितका गायक-गायिकाद्वय हाल वैदेशिक रोजगारीका सिलसिलामा अष्ट्रेलियामा छन् ।
काठमाण्डौं लगायतका स्थानमा छायाङ्कन गरिएको म्युजिक भिडियोमा सुधिर श्रेष्ठ र विना राउत लगायतको अभिनय रहेको छ । यसको निर्देशन मौसम हिमालीले गरेका हुन् ।

Comments are closed.