पोखरा, ४ पुस/ पोखरा लिङ्कन इन्टरनेशनल कलेजले छोटो समयमै विद्यार्थीको मन जित्न सफल भएको छ । नयाँ भर्ना भएका वि.वि.ए तथा वि.एच.एम संकायका विद्यार्थीलाई स्वागत गरेको छ । कलेजले शुक्रबार एक कार्यक्रम आयोजना गरी नयाँ भर्ना भएका विद्यार्थीहरुलाई स्वागत तथा ओरियन्टेशन गरेको कलेजका संस्थापक निर्देशक शेर बहादुर गुरुङ्गले जानकारी दिए । कार्यक्रममा कास्कीका जिल्ला शिक्षा अधिकारी अम्बिका प्रसाद आचार्यले पोखरा लिङ्कन कलेजले शैक्षिक क्षेत्रमा गरेको प्रगतिको प्रशंसा गर्दै अझै गुणस्तरीय शिक्षामा जोड दिन आग्रह गरे । कलेजका संस्थापक अध्यक्ष डा. भिमसेन गुरुङ्गले कलेजको व्यवस्थापन टिम र यसको सफलताको चर्चा गरे ।
कलेजकी प्राचार्य पम्फा गुरुङ्गले संस्थाको नीति नियमको बारेमा प्रकाश पारेकी थिईन् । कलेजका संस्थापक निर्देशक शेर बहादुर गुरुङ्गले हालै प्रकाशीत भएको वि.वि.ए तथा वि.एच.एम प्रथम सेमिष्टरको नतिजामा ९९ प्रतिशत विद्यार्थी उत्तिर्ण भएको जानकारी दिए । उनले नव आगन्तुक विद्यार्थीलाई शुभकामना दिँदै अभिभावकलाई संस्थासँग विश्वस्त रही सहयोग गरिदिन आग्रह गरे ।
कार्यक्रममा वि.एच.एम. दोश्रो सेमिष्टरकी छात्रा प्रिती खड्का, प्रथम सेमिष्टरकी नवआगन्तुक छात्रा टिका माँया पुन, संस्थाका व्यवस्थापन तथा शैक्षिक निर्देशक टि.एन शर्मा, भिमनाथ बराल र अनिस्था वि.के लगायतले बोलेका थिए ।
Comments are closed.