विद्यार्थीद्वारा पृथ्वी गान प्रस्तुत

सन्तोष विष्ट
पोखरा–२४, कास्की
पोखरा–८, स्थित सृजना आवासीय मा.वि.को कक्षा ८ मा अध्ययनरत विद्यार्थीले जलवायु परिवर्तनका कारण पृथ्वीमा परेको नकारात्मक असरको बारेमा प्रकाश पार्दै पृथ्वीमा बसोवास गर्ने ७ अर्व ५० करोड जनसंख्या नै अव उत्तरदायि हुनुपर्ने बताउदै भारतीय कवि अभय कुमारद्वारा रचित पृथ्वीज्ञान प्रस्तुत गरेका छन् । कार्यक्रममा विद्यार्थीद्वारा पृथ्वीले आफ्नो खराब समय सुरु भएको र आफ्नो आयु अव धेरै नभएको गुनासो व्यक्त गर्दै मानवजातिका लागि पठाएको कारूणिक पत्र सुनाइएको थियो । उक्त कार्यक्रममा विद्यार्थीद्वारा नक्सा, सर्जिकल मास्कले सजिएको ग्लोब र निलो झण्डा प्रदर्शन गरेको कुरा कार्यक्रमका संयोजक अभिषेक कुँवरले बताएका छन् । सोही कार्यक्रममा विश्वका चर्चित नेताहरू नरेन्द्र मोदी, अमेरिकी राष्ट्रपति जो वाइडेन, चिनियाँ राष्ट्रपति सी जीनपिङ, बेलायत प्रधानमन्त्री वोरिस जोन्सन, रसियाली राष्ट्रपति भ्लादमिर पुटिन र अस्टे«लियाली प्र.म. स्कट मोरिसलाई पृथ्वी वचावटमा महत्वपूर्ण भूमिका निर्वाह गर्न अनुरोध गरिएको थियो । संयुक्त राष्ट्रसंघका विभिन्न आधिकारिक भाषाहरू हिन्दी, फ्रेन्च, रसियाली, अरेबिक, चिनिया र स्पेनिसमा गाइएको कुरा विद्यालयले जनाएको छ । सन् २०२१ म अफ्रिकी मुलुक मदागास्करमा जलवायु परिवर्तन र ग्लोवल वार्मिङको कारण उत्पन्न संकटले त्यहाका वासिन्दा । मोटो, इमली, सिउडी तथा सलह किरा खाएर वाच्नुपरेको समाचारले आफुलाइ निकै प्रभाव पारेको हुँदा कार्यक्रम आयोजना गरिएको कुरा कार्यक्रम संयोजक कुँवरले बताएका छन् ।

Comments are closed.