विद्यार्थी यूनियनको चुनावी अलमल

आठ वर्ष पछि हुन लागेको स्ववियू चुनावमा नेपाल विद्यार्थी संघले देखाएको अलमलले स्थानीय चुनावलाई समेत असर पुग्ने हो कि भन्ने आशंका वढेको छ। चुनावको वहिष्कार भन्दै आएको माओवादी विप्लव समूह समेत चुनावमा सकृय भएर लागेको वेलामा प्रजातन्त्र वादी भनेर चिनिएको काग्रेस पार्टि निकट विद्यार्थी संगठन क्याम्पसहरूमा ताला वन्दी गर्ने धर्ना वस्ने र आगजनीमा उत्रेको देखेर सम्पूर्ण नेपाली जनता विलख मन्दमा परेका छन।यस्तो निर्णय काग्रेस निकट विद्यार्थी यूनियनले किन गर्यो ? कसको निर्देशनमा गर्यो भन्ने प्रश्न उठिरहेको छ।
काग्रेस निकट विद्यार्थी संगठनकै कारण फागुन १४ मा हुने भनेको निर्वाचन विद्यार्थी संगठनहरूकै सहमतिमा  फागुन १८ मा चुनाव गर्ने गरि तय भएको थियो। आफै वसेर गरिएको निर्णय विपरित नेपाल विद्यार्थी संघ किन र कसरी उभियो भन्ने वारेमा स्वंयम काग्रेसको तल्लो तह वेखवर देखिएको छ। यस्तै पत्रकार माहासंघको चुनावमा पनि देखियो। चुनावको अघिल्लो साझ केन्द्रीय कार्यलयमा ताला लगाएर चुनाव रोक्न प्रेस यूनियनको केन्द्रीय नेतृत्व सकृय रहृयो तर जिल्ला जिल्लामा चुनाव हुदै गयो। यस्तो खालको नेतृत्वले कसरी भोलिका चुनावहरूलाई स्वीकार्ला भनि गंभिर प्रश्न उठेको छ। यो भनेको लोकतन्त्र प्रतिको अविश्वास हो।
विद्यार्थी संगठनहरू पंचायत कालमा पनि चुनावमा जान्थे। प्रतिस्पर्धा गर्थे। अहिले आएर प्रतिस्पर्धामा  जान डराएर नानाभातीका कुरा उठाएर चुनाव भाडन खोज्नु शोभनिय होईन। त्यसमा पनि नेपाल विद्यार्थी जस्तो लोकतन्रमा विश्वास गर्ने संगठनको लागि त पटक्कै सुहाउने कुरै होईन।
केही विषयमा असहमति भए चुनाव घोषणा पूर्व नै टुगोमा लगाउनु पर्दथ्यो। चुनावको कार्यक्रम प्रकाशित भएर सवै विद्यार्थी संगठनहरू चनावी मैदानमा उत्रिएको वेलामा कहिले उमेर त कहिले कक्षा इयरका ( कक्षा वर्ष) का कुरा निकालेर वखेडा निकाली रहनु निश्चय पनि राम्रो कुरा होईन। नीति निर्माण गर्दा व्यक्तिलाई केन्द्रमा राख्नु हुदैन। अहिले नेविसंघमा देखिएको विवाद यही हो भन्दा फरक पर्दैन।
जे होस लामो समय पछि आएको चुनावलाई सवैले स्वीकारेर अगाडि वढनु पर्दछ। “एक माघले जाडो जादैन “भन्नेकुरामा विश्वस्त हुनु पर्दछ। यसै मात्र लोकतन्त्रको विजय हुने हो। चुनाव भनेको जन विश्वास आर्जन गर्ने एउटा माध्यम पनि हो। यसकारण चुनावलाइ प्रयोग गरि लोकतन्त्रलाइ संरक्षण गर्नु सवैको वरावरी कर्तव्य हो।

Comments are closed.