नेपाल विद्युत प्राधिकरण पोखरा कार्यालयको सार्वजनिक सेवा प्रवाहका विषयमा संकलन गरेको गुनासोमा यस्तो असन्तुष्टी प्रकट गरेका हुन् ।
पोखरा २६ फागुन ।नेपाल विद्युत प्राधिकरण पोखरा कार्यालयको सार्वजनिक सेवा प्रवाहमा सेवाग्राहीले असन्तुष्टी प्रकट गरेका छन् । प्राधिकरणले सेवाग्राहीलाई सन्तोषजनक सेवा दिन नसकेको मंगलबार कार्यालय मै गुनासो पोखे । सेवाग्राहीले टोकन प्रणाली अझै व्यवस्थित नभएको, सोधपुछ कक्ष नभएको, जेष्ठ नागरिकका लागि छुट्टै व्यवस्था गरिनुपर्ने, मिटर रिडिङ्ग तोकिएको समयमा हुनुपर्ने गुनासो सेवाग्राहीको थियो ।
अनलाईन प्रणाली गरिनुपर्ने, ट्रान्सफर्मर वढी विग्रने कारण दुख पाईएको पनि सेवाग्राहीले सुनाए । ट्रान्सपरेन्सी ईन्टरनेशनल नेपाल आवद्ध संस्था सुशासनका लागि नागरिक समाज कास्कीले नेपाल विद्युत प्राधिकरण पोखरा कार्यालयको सार्वजनिक सेवा प्रवाहका विषयमा संकलन गरेको गुनासोमा यस्तो असन्तुष्टी प्रकट गरेका हुन् । संकलन गरेको मंगलवार विहान १० देखि दिउँसो १ वजेसम्म कार्यालय परिसरमा गरिएको गुनासो संकलन कार्यक्रममा सेवाग्राहीले २५ वटा गुनासो गरेको सुनासका कार्यक्रम अधिकृत भानु पराजुलीले जानकारी दिए ।
यसैगरी सेवाग्राही नागरिकले प्राधिकरणले लाईन विस्तार र पोल वितरणमा पहुँचवालाको मात्रै कुरा सुन्ने गरेको कृस्तीका सेवाग्राही जमुना खत्रीले गुनासो गरिन् । कार्यालय आएको १५ दिन वित्दा पनि कार्यालयले गुनासो नसुनिएको दुखेसो पोखिन् । लगत्तै सुनास कास्कीको पहलमा कार्यालय प्रमुख सुरज गौतमसंग भएको भेटमा तत्काल कृस्तिको समस्या समाधान गर्ने विषयमा छलफल भएको सुनासका कार्यक्रम अधिकृत पराजुलीले जानकारी दिए । कार्यलय प्रमुख गौतमले सेवाग्राहीले उठाएका समस्याप्रति आफु गम्भीर भएको र तत्काल गुनासाहरुको सुनुवाई गर्ने प्रतिवद्धता समेत जनाए । सुनास कास्कीका अध्यक्ष पुण्य पौडेलको नेतृत्वमा सचिव दीपेन्द्र श्रेष्ठ, सदस्य कृष्ण वराल, नागरिक समाज, पत्रकारहरुसहित गएको टोलीले गुनासो संकलन कार्यक्रममा उठेका विषयवस्तुका वारेमा कार्यालय प्रमुख गौतमलाई अवगत गराएको थियो ।
Comments are closed.