पोखरा ७, चैत । सूचना तथा सञ्चार मन्त्रालय, आईसीटी र क्षेत्रीय हुलाक निर्देशनालय पोखराको एक टोलीले सोमबार हेमजामा रहेको सामुदायिक विद्युत सञ्चारीकरण केन्द्रको अनुगमन गरेको छ । क्षेत्रीय हुलाक निर्देशनालयबाट शाखा अधिकृत दिपक रेग्मी, सूचना तथा सञ्चार मन्त्रालयबाट नवराज आचार्य र आईसीटी कन्सल्टेन्ट देव शाक्य लगायतको टोलीले अनुगमन गरेको हो । यसअघि सञ्चारीकरण केन्द्रले सार्कको फण्ड र सूचना तथा सञ्चार मन्त्रालयबाट मंसिर २० मा कम्प्युटर, फोटोकपी मेसिन, प्रिन्टर, क्यामरा र सोलार गरी रु १० लाख बराबरको सामाग्री सामुदायिक विद्युत सञ्चारिकरण केन्द्र हेमजालाई प्रदान गरिएको थियो ।
जसमा १२ सय वाट क्षमताको सोलार प्यानल समेत प्रदान गरिएको थियो । अनुगमनका क्रममा बोल्दै आईसीटी कन्सल्टेन्ट देव शाक्यले सामुदायिक विद्युत सञ्चारिकण केन्द्रलाई निरन्तरता दिन यहाँको समाज तथा समुदायको समेत खाँचो रहेको बताए । पश्चिमाञ्चल क्षेत्रीय हुलाक निर्देशनालयका शाखा अधिकृत दिपक रेग्मीले सूचना तथा सञ्चारको क्षेत्रबाट समुदायका जो कोही मानिसहरु पनि पछि पर्न नहुनेमा जोड दिए ।
Comments are closed.