पोखरा हटलाईन
भदौ,१०,
कोरोना भाईरस (कोभिड १९) को कारण जारी गरिएको बन्दाबन्दी ले दैनिक बिहान बेलुका खान समेत अपुग हुने हरुको लागि लक्षित गरि अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विधार्थी यूनियन (अनेरास्वयू) केन्दीय नेता क्षितिज सापकोटाको समन्वय र सहिद बेपत्ता स्मृति स्पोर्ट्स स्कूलको सहकार्यमा पोखराको गणतन्त्रिक चोकमा गरिएको हो ।खाद्यान्न हुनेले दिएर जाने तथा नहुने ले लिएर जाने हुदा पनि यो अभियान आफैँमा लोकप्रीय रहेको छ । राहतको नाममा १/२ सामाग्री बाड्दै फोटो खिचाउदै जाने चलनलाई समेत अन्त्य गराउन फुड सेन्टर संचालन गरिएको नेता सापकोटाले बताए ।राहत बितरण प्रचारका लागि नभई योगदानको निमित्त हुनुपर्ने भन्दै जो कोहिलाई पनि भोकै बस्न पर्ने अवस्था आउन नदिन फुड सेन्टर संचालन गरिएको बताए ।फुड सेन्टरमा मास्क, senitizer साथै नुन, तेल,चिनि,दाल, चामल,लगायत खद्यान्नहरु राखिएको छ ।
Comments are closed.