✍️अजित तिमील्सिना
कोभिड भाइरसले गर्दा विश्व नै आक्रन्त रहेको र प्राय सबैको जिवनशैली नै परिवर्तन गरेको अवस्था छ।तर ठिक विपरित देशको रजनताको सेवामा सधै जुट्ने नेपाल प्रहरीका राष्ट्रसेवकहरू यस माहामारीमा जोखिमका बाबजुत पनि निरन्तर जनताको सेवा र सुरक्षामाखटिएका छन्।
कोरोना भाइरसको सङ्क्रमण फैलिएको अवस्थामा ड्युटिमा खटिएका प्रहरीको स्वास्थ तथा सुरक्षालाई चिन्तन गर्दै पोखरा–६ स्थायीठेगाना भएका भर्खर युवा अवस्था प्रवेश गरेका ४ जना (शंकर पहारी,अभिनास नेपाली,नवराज सुनार,पुकार पराजुली)ले लायन्स क्लबपोखरा तथा पोखराका युवा व्यवसायी सुमन गुरुङको सहयोगमा प्रहरी र ट्राफिक प्रहरी कार्यालयमै पुगेर मास्क तथा सेनिटाइजरहस्तान्तरण गरेका छन ।
सङ्क्रमणको जोखिममा सामान्य हिड्डुल गर्न नै असहज भएका बेला दिनरातभर ड्युटीमा खटिने राष्ट्रसेवकको चिन्तन गर्दै युवाहरूलेपोखराका व्यवसायी सँग सहकार्य गर्दै सामाजिक अभियान चलाएका छन्।
आफुहरूको यो सानो सामाजिक कार्यमा सहयोग गर्ने सबै मनकारीहरूलाई युवा शंकर पाहारीले धन्यवाद व्यक्त गरे। पाहारीका अनुसारलायन्स क्लब पोखराले ट्राफिक प्रहरी कार्यालयका लागि सेनिटाइजर तथा युवा व्यवसायी सुमन गुरुङले भने जिल्ला प्रहरी कार्यालयकालागि मास्क तथा सेनिटाइजर उपलब्ध गराउन सहयोग गरेका थिए त्यस्तै सुमन घोताने गुरुङले१० लिटर सेनिटाइजर+३००पिस मास्कसहयोग गरेका थिए भने लायन्स क्लबले ५ लिटर सेनिटाइजर, र बांकि सबै सहयोग युवाहरू आफैले २००पिस मास्क खरिद गरेर जम्मा१५ लिटर सेनिटाइजर तथा ५०० पिस मास्क वितरण गरेका थिए।आफुहरू विधार्थी रहेको र आफ्नै पाकेट खर्च काटेर यस कार्यमालागेको र आउने दिनहरूमा पनि सहयोगीदाताहरूसँग हाते मालो गर्दै यस अभियानलाई निरन्तरता दिने योजना रहेको कुरा पुकारपराजुलीले जानकारी दिए।
Comments are closed.