विपक्षीको आन्दोलन पेचिलो बन्दै, साँझ मसाल जुलुश

11134224_10205338294569981_1241671007_nपोखरा २३ चैत्र / बन्द फिर्ता हुने हल्ला चलिरहँदा सहमतिमा संविधान जारी गर्न माग गर्दै आन्दोलनमा उत्रिएको ३० दलीय मोर्चाले आन्दोलनलाई झन् पेचिलो बनाएको छ । सोमार साँझ मोर्चाको बैठक बसी आन्दोलन र्फिता नलिने बताएपछि कार्यकताहरुले साँझ मसाल जुलुस निकालेका छन् । मोर्चाले आफुहरुको आन्दोलनमा कार्यकर्ताको सहभागिता बढ्दै गएको दाबी गरेको छ ।
आजदेखि मोर्चाले आयोजना गरेको तिन दिने आम हड्तालको अघिल्लो दिन देशव्यापी कार्यक्रम अन्र्तगत पोखरामा निस्किएको मसाल जुलुशमा यसअघि भन्दा बढी आन्दोलनकारीको सहभागिता रहेको थियो ।
मुलुकमा बढ्दो महङ्गी, मेडिकल क्षेत्रको माफियामा सत्तारुढ दल एमालेकै संलग्नता रहेको खुलासा एवं प्रधानमन्त्री स्वयंले भ्रष्ट सरकार भनेर वताइरहँदा, बिपक्षी मोर्चामा कार्यकर्ताहरुको संलग्नता बढेको हो । आन्दोलनका क्रममा पोखरामै केही दिनअघि भएको प्रहरी झडपले समेत आन्दोलनकारी थपिदै गएको एमाओवादी कास्कीका नेता रामजी बराल जीवनले वताए ।
‘पोखरामा भएको लाठी जुलुशमा सहभागी भएका मात्र हैन, त्यस बेलामा प्रहरीले लाठी हानेका सर्वसाधरण पनि स्वतस्फुर्त रुपमा आन्दोलनमा आए’ नेता बरालले भने ‘आन्दोलन जति बढ्दै गयो, मानिसमा उति उत्साह थपिएको छ ।’maoist2222
सोमबार साँझ पोखराको सभागृहचोकबाट सुरु भएको मसाल जुलुश न्युरोड हुँदै बिपी चोकमा पुगेर कोणसभामा परिणत भएको थियो । प्रहरीले सुरुमा न्युरोडको बाटोमा जुुलुश गर्न नदिने भनेपनि मोर्चाका कार्यकर्ताहरुले त्यही रुटमा गरेका थिए । मसाल जुलुसको नेतृत्व एमाओवादी पोलिटब्यूरो सदस्य हरी अधिकारी, केन्द्रीय सदस्य राजकाजी गुरुङ, संघीय समाजवादीका नेता गणेशमान गुरुङ्ग लगायतले गरेका थिए ।
यसअघि भएको लाठी जुलुशमा आन्दोलनकारीले न्युरोडमा रहेको बिष्णु बाँस्तोलाको घरमा ढुङ्गा हानेका कारण प्रहरीले त्यहाँ सुरक्षा व्यबस्था कडा पारेको थियो । मसाल जुलुशका क्रममा आन्दोलनकारी र प्रहरी दुबैले संयमता अपनाएका कारण झडप भने भएन ।
बिपी चोकमा भएको कोणसभामा जनजाती नेता पानबहादुर भुजेल र एमाओवादी कास्कीका नेता मनहरी तिमिल्सीनाले सम्वोधन गर्दै आमहड्ताल सफल पार्न जनतासँग अपिल गरेका थिए ।
यसैबीच, आजदेखि आयोजना गरिएको आम हड्ताल सफल पार्न एमाओवादी र संघीय समाजवादी कास्कीले काम नै बिभाजन गरेका छन् ।
पोखरा तथा लेखनाथमा जिल्ला स्तरीय नेताहरु चोकचोकमा खटाएर आन्दोलनलाई ब्यवस्थित बनाइने एमाओवादी नेता हरी अधिकारी कुमारले जानकारी दिए ।
आन्दोलनकै क्रममा लेखनाथ नगरपालिकामा समेत मसाल जुुलुश प्रर्दशन भएको छ । लेखनाथको तालचोकबाट सुरु भएको जुलुस डाँडानाक हुँदै अर्घौ चोकमा आएर कोणसभामा परिणत भएको थियो । एमाओवादी नेता झलकपाणी तिवारीले लेखनाथमा पनि आन्दोलनमा सहभागिता यसअघि भन्दा बढेको दाबी गरे ।
अघौं चोकमा भएको कोणसभामा एमाओेवादी कास्कीका उपाध्यक्ष गंगा पोखरेल र संघीय समाजवादीका नेता मनबहादुर गुरुङ्गले सहमतिमै संबिधान निर्माणका लागि बाध्य भएर आम हड्तालमा उत्रन परेको बताएका छन् ।

Comments are closed.