विपद्ले गराउने क्षतिबाट राहत पाउन बिमा

1000390_606216116075315_1084178120_n
गोविन्द देवकोटा
शाखा प्रमुख–सिद्धार्थ इन्स्योरेन्स पोखरा

बैशाख १२ गते गएको महाभूकम्पले देशमा ठूलो जनधनको क्षति गर्‍यो । लाखाै घरहरु भत्कीए । पशु चौपायाहरु मरे । अरबौंको क्षति पुर्‍यायो । पोखरामा ठूलो क्षति त पुर्‍याएन तर, यस सम्वन्धि सचेत भैराख्यौं भने भविष्यमा हुने भवितब्यबाट भने बच्न सकिन्छ । विपत्ति बाजा बजाएर आउँदैन । भूकम्प, आगलागी, असिनापानी, बाढी पहिरो लगायतलाई हामीले टार्न सक्दैनौं । जहाँ जहिले पनि हुनसक्छ । तर, त्यस्तो विपतबाट बिनास भैहाले पनि हामीले त्यसको उचित राहत पाउन सक्छौं । त्यसको उपाय हो बिमा । जीवन बिमा मात्रै होइन तपाईले आफ्नो घर, गाडी, पशुचौपाया, कृषि लगायतको महाविपत्तिको बीमा गराउनुभएको छ ? यदि छ भने क्षति गरेको भए बीमा कम्पनीले तपाईलाई क्षतिपूर्ति दिनेछन् । पोखरामा यस्तै निर्जीवन बिमा सम्वन्धि काम गर्दै आएको बिमा कम्पनी हो सिद्धार्थ इन्स्योरेन्स । काठमाडौंमा मुख्य कार्यालय रही पोखरामा ७ बर्षदेखि शाखामार्फत निर्जीवन बिमा सम्वन्धि काम थालेको यो कम्पनीले अहिले पोखरामा के गरिरहेको छ । यस्तो निर्जीवन बिमाका प्रक्रियाहरु केके हुन्छन् ? भुक्तानी दाबी कसरी गर्ने ? के केको बिमा गर्न सकिन्छ ? भन्ने विषयमा सिद्धार्थ इन्स्योरेन्स पोखरा शाखा प्रमुख गोविन्द देवकोटासँग हटलाइनले कुराकानी गरेको छ ।

प्रस्तुति–अमृत सुवेदी

बिमा क्षेत्रमा भूकम्पले पारेको प्रभाव कस्तो छ र कम्पनीमा कति दावी आएका छन् ?

भूकम्पले बिमा कम्पनीहरुमा ठूलो प्रभाव पारेको छ । तर, सबै कम्पनीहरु भूकम्पबाट आउने दाबी तिर्न योग्य रहेको र पूर्नबिमा हुने कारणले पनि बिमा कम्पनीहरु आत्तिने अवस्था छैन । सिद्धार्थ इन्स्योरेन्सको कुरा गर्दा हालसम्म पाँच सय भन्दा बढी भूकम्प सम्वन्धि दाबी परेका छन् । पोखरामा मात्रै पनि पाँच वटा दाबी परेका छन् । भूकम्पबाट पारेको क्षतिको भुक्तानीलाई हामीलो पहिलो प्राथमिकता पनि राखेका छौं । चाँडो र सर्वसुलभ तरिकाले बिमा भुक्तानी गर्नका लागि सिद्धार्थ इन्स्योरन्स तत्पर र सोही कार्यका लागि लागिरहेको छ । सिद्धार्थका जतिपनि बिमितहरु हुनुहुन्छ र भूकम्पका कारणले क्षति भएको छ चाँडो भन्दा चाँडो हाम्रा कम्पनीका शाखाहरुमा सम्पर्क गर्न अनुरोध गर्दछु ।

पोखरामा निर्जीवन बिमाको अवस्था कस्तो छ ?

अन्य शहरहरुको तुलनामा पोखरामा केही मात्रामा भएपनि बढी बिमा सम्वन्धि सचेतना बढी छ । पोखरामा नेपालमा भएका सबै बिमा कम्पनीहरुका शाखा छन् । पोखरा बिमाको ठूलो बजारको रुपमा स्थापित छ । प्राय निर्जीवन बिमाका बिमितहरु बैंक तथा वित्तिय संस्थामार्फत गराउने बढी छन् । प्रत्यक्ष गराउने चाँही नगन्य मात्रामा छन् । जतिपनि पोखरामा शाखा कार्यालयहरु छन् ति ठूला शाखाका रुपमा गनिन्छन् । अन्य शाखाहरु भन्दा पोखराका शाखा प्रभावकारी देखएका पनि छन् ।

कस्तो अवस्थामा निर्जीवन बिमाको भुक्तानी पाउन सकिन्छ ?

निर्जिवन बिमा गरेको जतिपनि विमितहरु हुनुहुन्छ उहाँहरुको सम्पतिमा जब नोक्सानी हुन्छ त्यतिबेला मात्रै दाबी गर्ने हो । सर्बेयरद्वारा नोक्सानीको स्थलगत अनुगमन तथा मुल्याङ्ककन गरी सोही बमोजिम भुक्तानी पाउन सकिन्छ । जीवन विमामा निश्चित समय पश्चात भुत्तलानी पाइन्छ भने निर्जीवन बिमामा सम्पतीमा हानी नोक्सानी भए पश्चात बिमा दाबी गरिन्छ र सोही बमोजिम भुक्तानी प्राप्त गर्न सकिन्छ । जस्तैः हालसालै गएको भूकम्पले बिमा गरेका कुनै भवनहरु तथा अन्य सम्पतिमा क्षति भएको भए सर्वेयरद्वारा क्षतिको मूल्याङ्कन गराए पश्चात बिमा दाबी पप्त गर्न सकिन्छ । सम्पतिको पुरै नोक्सानी होकी आंशिक नोक्सानी हो सो कुराको मुल्याङ्कन पश्चात सोही बमोजिम बिमा भुक्तानी प्राप्त गर्न सक्दछन् ।

आवश्यकता भन्दा पनि धेरै प्रचारबाजीले बिमाप्रतिको मान्छेको दृष्टिकोण बिग्रँदै गएको छ । सर्वसाधरणले विश्वास गर्ने वातावरण कसरी बनाउँदै हुनुहुन्छ ?

सर्वसाधरणले बिमालेलाई विश्वास गर्दैनन् भन्ने कुरा मान्न सकिँदैन । तर, नेपालमा बिमा क्षेत्रको विकास जुन गतिमा हुनुपर्ने हो सो नभएको सत्य हो । सार्वसाधरणमा एउटा भ्रम के छ भने बिमाले सजिलै दिँदैन र धेरै समय झुलाउँछ भन्ने छ बिगत केही समय यता बिमा क्षेत्रमा कुनै समस्या नरहेको १०÷१५ दिनमै दाबी गरी भुक्तानी लगेका धेरै उदाहरणहरु हामीसँग छन् । आवश्यक कागजात समयमानै बिमा कम्पनीमा नबुझाएमा केही समय लाग्नु स्वभाविक मान्नुपर्दछ । कीनकी जुन क्षेत्रमा पनि आफ्नै प्रक्रिया र नीति नियमहरु हुन्छन् । त्यसलाई सबैले मान्नै पर्छ । नेपालमा बाध्यकारी अवस्थामा मात्रै बिमा गर्ने र बैंक तथा बित्तिय संस्थामा ऋणको कारोबार नभएको अवस्थामा बिमा गर्न नखोज्ने प्रवृत्ति बढ्दो छ ।

बिमा कम्पनीका सेवा सुविधाका विषयमासमेत सर्वसाधरण बुझाउन पो नसकिएको हो की ?

हाम्रो संस्था सिद्धार्थ इन्स्योरेन्स लिमिटेडका जतिपनि बिमितहरु हुनुहुन्छ उहाँहरुलाई हामीले हाम्रा सेवा सुविधा, बिमा पोलिसी र दुर्घटना÷क्षति भएपश्चात गर्नुपर्ने प्रक्रियाका बारेमा बुझाएका हुन्छौं । बैंक मार्फत बिमा हुने कतिपय बिमितहरुसँग प्रत्यक्ष भेट नहुने र बिमालेखको बारेमा प्रष्ट बुझाउन नसकिएका केही अवस्थाहरु हामीसँग छन् । यस्तो अवस्थामा बैंक तथा वित्तिय संस्थाका कर्जा शाखाका साथीहरुलाई पनि बिमा लेखको बारेमा बेलाबेलामा तालिम प्रदान गरी सहजीकरण गरिएको हुन्छ । हाम्रो उद्देश्य चाँही धेरैभन्दा धेरै बिमितहरुलाई प्रत्यक्ष भेट्ने र बिमाका बारेमा बुझाउने नै हुन्छ । खास गरी पोखराको अवस्थाका विषयमा कुरा गर्ने हो भने बिमा कम्पनीमा काम गर्ने कर्मचारीको संस्था ‘निप्स पोखरा’ द्वारा एफएम तथा पत्रपत्रिकाहरुमा बिमा सम्वन्धि जानकारी प्रकाशित गरेर पनि सर्वसाधरणलाई बुझाउन कोशिस भैरहेको छ । प्रत्येक कम्पनीहरुले आफ्ना कम्पनीका बारेमा सूचना तथा जानकारीद्वारा सार्वसाधरणलाई सेवा तथा सुविधाका बारेमा जानकारी गराएका हुन्छन् ।

कृषि बिमा गराउन सिद्धार्थ इन्स्योरेन्सले सरकारी स्तरबाटै आधिकारिक अनुमति पाएको छ । पोखराको अवस्था के छ ? किसानहरु कत्तिको आकर्षित छन् ?

बिमा समितिद्वारा कृषि बिमा गर्नको लागि बिमा कम्पनीहरुलाई जिलहरु बाँडफाँड गर्ने क्रममा हाम्रो सिद्धार्थ इन्स्योरेन्सलाई कास्की, पर्वत, मनाङ, पाल्पा र रुपन्देही पाँच जिल्लाहरु परेका छन् । यस पोखरा शाखामा बालि तथा पशुंपक्षी बिमा बिभाग भर्खरै खुलको छ । र, सबै जिल्लामा कृषि विमाको काम अगाडी बढिरहेको छ । किसानहरुलाई बिमा सम्वन्धि बढी भन्दा जानकारी होस भनेर जिल्लाजिल्लामा अभिमुखीकरण तालिम आयोजना गरीरहेका छौं । किसानहरुले बिमाप्रति बढी नै चासो दिईरहेको अवस्था छ । बिमा शुल्क संकलनको काम पनि सोंचेअनुरुप भैरहेको छ । हामीले प्रत्येक जिल्ला कृषि विकास कार्यालयमा बिमा डेक्स स्थापना गरेका छौं । कृषि विमा अन्तर्गत गाई भैंसी कुखुरा, बालीनाली, फलफुल, माछा आदीको बिमा गर्न सकिन्छ ।

अन्त्यमा ?

सिद्धार्थ इन्स्योरेन्स नेपालको पछिल्लो निर्जीवन बिमा कम्पनी भएतापनि नेपालका स्थापीत कम्पनीहरुमा गनिन्छ । हाम्रो पहिलो उद्देश्य हाम्रा बिमितहरुलाई दाबी परेको अवस्थामा चाँडो र सजिलो तरीकाले भुक्तानी दिनु नै हो । बिमा गरौं भइपरी आउने विपत र जोखिमबाट पर्ने आर्थिक क्षतिबाट बचौं ।

 

Comments are closed.