
काठमाडौँ / सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ महासचिव रहेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) माथि प्रतिवन्ध लगाएसंँगै सो पार्टी स्वतः अपराधिक समूहमा परिणत भएको भन्दै प्रहरीले कारबाही अगाडि बढाएको छ ।
नेपाल प्रहरीले विप्लव समूहलाई ‘अपराधी’ को संज्ञा दिई बुधबारबाट त्यस समूहका हरेक गतिविधिमाथि सूक्ष्म सुरक्षा निगरानी राख्नका साथै आवद्ध सदस्य तथा सहयोगीहरूलाई पक्राउका लागि देशरभर सर्कुलर जारी गरेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले विप्लव समूहका नेता तथा कार्यकर्ताहरुको पक्राउका लागि मुलुकभरका प्रहरी कार्यालयमा सर्कुलर जारी गरिएको जानकारी दिए । गाेरखापत्र दैनिक बाट/
Comments are closed.