पोखरा, २४ चैत/ नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपा माओवादीले कास्कीको लेखनाथमा रहेको विवादित जग्गा कब्जा गरेको छ । सार्वजनिक जग्गामा माफियाहरुको चलखेल बढ्न थालेपछि, झन्डा गाडिएको माओवादीले जनाएको छ । अर्धभूमिगत संरचना निर्माण गरेर सशक्त गतिविधिमा उत्रेको माओवादीले कास्कीमा यसअघि पनि झन्डा गाड्ने तथा भ्रष्टाचारी घोषणा गर्ने कार्य गर्दै आएको छ ।
लेखनाथ नगरपालिका– ४ को पाटनमा रहेको सुकुम्बासी वस्तीमा विद्यालयको नाममा जग्गा बिक्रीवितरण गर्न थालेपछि माओवादीले झन्डा गाडेर कुनै पनि वहानामा बिक्रीवितरण नगर्न र खरिद पनि नगर्न सबैलाई सूचित गरेको छ ।
यसअघि २०११ सालदेखि बस्दै आएका सुकुम्बासीहरुलाई हटाएर स्थानीय अमरज्योति माध्यामिक विद्यालयले उपभोग गर्ने भन्दै लालपुर्जाविनाको जग्गा बिक्रीवितरण गर्न थालेको माओवादीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
माओवादी कास्कीका पूर्वी कमान्ड इन्चार्ज योजनले जारी गरेको विज्ञप्तिमा एकीकृत नेकपा (माओवादी), कांग्रेस र एमालेका स्थानीय नेताहरु मिलेर सार्वजनिक सम्पत्ति सिध्याउन लागिपरेको भन्दै आफ्नो पार्टीको ध्यानाकर्षण भएको उल्लेख छ ।
Comments are closed.