विमानमा सवार ७१ मध्ये ४९ जनाको भने मृत्यु भएको पुष्टि

युनाइटेड बांग्लादेशको एअरवेजको यात्रुबाहक विमान दुर्घटनामा परी ज्यान गुमाएकाहरूको शव आफन्तलाई बुझाउने प्रक्रिया शुरू भएको प्रहरीले जनाएको छ

।देशको एक मात्रै अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो भएको विमान दुर्घटनाबाट उद्धार गरिएका मध्ये २२ जनाको भने काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ।विमानमा सवार ७१ मध्ये ४९ जनाको  मृत्यु भएको पुष्टि  प्रहरीले गरिसकेको छ।विमान दुर्घटनाबारे छानबिनका लागि हिजो साँझ बसेको मन्त्रिपरिषद्‌ बैठकले पूर्व सचिवको नेतृत्वमा एउटा आयोग गठन गरेको छ।सोमबार दिउँसो करिब सवा २ बजे बांग्लादेशको ढाकाबाट काठमाडौंका लागि उडेको युएस बांग्ला बीएस२११ विमान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा दुर्घटनामा परेको थियो।विमानमा ४ जना चालक दलसहित ७१ जना रहेको र ती मध्ये ४९ जनाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको

 

 छ।उद्धार गरिएका ३१ जनामध्ये ९ जनाको उपचारको क्रममा ज्यान गएको र बाँकी २२ जनाको काठमाडौंका विभिन्न अस्पतालहरूमा उपचार भइरहेको प्रहरी प्रवक्ता मनोज नेउपानेले बताए।हिजो घटनालगत्तै उद्धारको काममा लागियो। अब आजबाट प्रहरी प्रक्रिया पूरा गरेर शवहरू उनीहरूका आफन्तलाई जिम्मा लगाउने काम शुरू हुन्छ।उनले भने, “घाइतेहरूको उपचार काठमाण्डू मेडिकल कलेज, ग्रान्डी, नर्भिकलगायत विभिन्न अस्पतालहरूमा उपचार भइरहेको छ। उनीहरूको अवस्थाबारे जानकारी आउन बाँकी
उपचार गरिरहेकाहरूमध्ये ११ जना नेपालका र बाँकी ११ विदेशी रहेको बताइएको छ। तर ११ जना बांग्लादेशीमात्रै नभइ अन्य देशका पनि हुनसक्ने नेउपानेले बताए।उनले भने, “यात्रुको सूचीमा मलेसिया र चीनको पनि भएकोले ११ जना मध्ये बांग्लादेशीबाहेक उनीहरू पनि हुनसक्छन्। पहिचान भइसकेको छैन।”मृत्यु भएका ४९ जनाको भने आज उनीहरूका आफन्तलाई शब बुझाउने काम शुरू हुने बताइएको छ।प्रहरी प्रवक्ता नेउपानेले भने, “हिजो घटनालगत्तै उद्धारको काममा लागियो। अब आजबाट प्रहरी प्रक्रिया पूरा गरेर शवहरू उनीहरूका आफन्तलाई जिम्मा लगाउने काम शुरू हुन्छ।”सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले उक्त घटनाप्रति दुख व्यक्त गर्दै घटनाबारे छानबिन गनका लागि पूर्व सचिव यज्ञप्रसाद गौतमको नेतृत्वमा एउटा आयोग गठन गरेको छ।

Comments are closed.