विमानस्थल क्षेत्रका जग्गाधनीद्वारा मौन जुलुस प्रदर्शन

पोखरा, ८ पुस । क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण जनसरोकार संघर्ष समितिले उचित मुआब्जा लगायतका विषयमा माग राख्दै शुरु गरेको पहिलो चरणको आन्दोलन सोमबारदेखि सकिएको छ ।
पहिलो चरणको अन्तिम कार्यक्रम स्वरुप पोखरामा सोमबार मौन जुलुस निकालिएको थियो । पोखराको वी.पीचोकबाट मुखमा कालोपट्टि बाँधेर शुरु भएको जुलुस न्यूरोड, सभागृहचोक हुँदै पृथ्वीचोक पुगेर कोण सभामा परिणत भएको थियो । कोण सभामा बोल्दै समितिका पदाधिकारी एवं कार्यसम्पादन समितिका सदस्यहरुले माग पुरा नभएसम्म आन्दोलन जारी राख्ने बताएका समितिका सचिव एवं प्रवत्ता बोधराज कार्कीले जानकारी दिए ।
समितिले मङ्सिर २६ गतेदेखि आन्दोलन कार्यक्रम शुरु गरेको हो । यसअघि समितिको नेतृत्वमा २६ गते पोखराको अमरसिंहचोकमा विरोध सभा, २८ गते छिनेडाडाँस्थित अन्तर्राष्ट्रिय विमानस्थल परियोजनस्थलमा धर्ना, पुस १ गते प्रमुख जिल्ला अधिकारीलाई ज्ञापन पत्र पेश र पुस ३ गते विमानस्थल क्षेत्रभित्र भइरहेको माटो परिक्षण तथा नाप जाँच लगायतका कार्य बन्द गराउने कार्यक्रम भएको थियो ।

Comments are closed.