
सोलुखुम्बु, १ बैशाख । सोलुखुम्बुको लुक्ला विमानस्थलमा भएको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुगेको छ ।
मृत्यु हुनेमा दुई जना प्रहरीका असई र कोपाइलट रहेको प्रहरीले जनाएको छ । पर्यटक प्रहरी लुक्लामा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) रामबहादुर खड्का, लुक्ला विमानस्थलमा कार्यरत असई रुद्रबहादुर श्रेष्ठ र समिट एयरका कोपाइलट एस ढुंगाना रहेका छन् । खड्का र ढुंगानाको घटनास्थलमै र श्रेष्ठको थप उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको हो ।
समिट एयरमा रहेका अन्य चार जना यात्रु भने सकुशल रहेको बताइएको छ ।
लुक्लाबाट काठमान्डौका लागि बिहान ९ बजेर २० मिनेटमा उड्न लागेको समिट एयरको (नाइन एन ए एम एच) विमान धावनमार्गमा चिप्लिएर मनाङ एरको हेलिकोप्टरसँग ठोक्किएको थियो ।
Comments are closed.