पर्वत, ३२ जेठ
विवाहमा भोज भतेर गर्ने र तडकभडक गर्ने प्रचलन अझै पनि कायमै छ । कतिपय व्यक्ति त ककटेल पार्टी नै दिएर लाखौँ रुपैयाँ खर्च गर्न पनि पछि पर्दैनन् । तर, यहाँका एक युवाले विवाहभोजको रकम कटाएर सामाजिक क्षेत्रमा लगानी गरेका छन् । पर्वतको कुश्मा नगरपालिका–८ का मोहन आचार्यले विवाह भोजको रकम कटाएर सदरमुकाम कुश्माबजारका दुई ठाउँमा सौर्य बत्ती जडान गरेका छन् । विद्युुत् भार कटौतीको समयमा सदरमुकाममा अन्धकार हुने र चोरी डकैतीका घटना बढ्न सक्ने भएकाले उक्त सहयोग गरेको उनले बताए ।
शनिबार विवाह बन्धनमा बाँधिएका मोहन आचार्य र सन्जु गौतमले आइतबार निमित्त प्रमुख जिल्ला अधिकारी चूडाराज भट्टराई र प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठलाई सौर्य बती हस्तान्तरण गरे । विभिन्न सामाजिक क्षेत्रमा समेत आबद्ध रहनुभएका आचार्यको सहयोगमा लोकतान्त्रिक चोक र शिवालय चोकमा सौर्य बत्ती जडानसमेत गरी सकिएको छ ।
Comments are closed.