विश्वभरका संक्रमित मध्ये १ लाख १४ हजार २ सय १८ जना उपचारपछि पूर्ण रुपमा निको भए

विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार नाघेको छ।

गएको २४ घन्टामा मात्रै यसको संक्रमणबाट विश्वभर २२ सय ९७ को मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन्।यो सँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ हजार २०० पुगेको छ। यो तथ्यांक बिहीबार बिहान साढे सात बजेसम्मको हो।कोरोना भाइसका कारण विश्वभर हाल ३ लाख ३३ हजार २ सय ३५ जना संक्रमित छन्।

संक्रमित मध्ये १ लाख १४ हजार २ सय १८ जना उपचारपछि पूर्ण रुपमा निको भएका छन्। अहिलेसम्म विश्वभर ४ लाख ६८ हजार ४४ जनामा यसको संक्रमण पुष्टि भएको छ।गएको २४ घन्टामा सबैभन्दा बढी इटालीमा ६ सय सय ८३ जनाको मृत्यु भएको छ।

कोरोना भाइरसको उद्गम थलो चीनमा भने गएको २४ घन्टामा यसको संक्रमणबाट ६ जनाले ज्यान गुमाएका छन्।अहिलेसम्म इटालीमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७ हजार ५ सय ३ पुगेको छ। त्यहाँ ७४ हजार ३ सय ८६ जना संक्रमित उपचारको क्रममा छन्।

चीनमा भने अहिलेसम्म यसको संक्रमणबाट ३२ सय ८७ जनाको मात्रै मृत्यु भएको छ। अहिलेसम्म विश्वका १९६ देशमा कोरोना संक्रमण फैलिइसकेको छ।गएको २४ घन्टामा इटालीपछि स्पेनमा धेरैको मृत्यु भएको छ। स्पेनमा एकैदिन ६ सय ५६ जनाले ज्यान गुमाएका छन्।

त्यसैगरी अमेरिकामा १५५, इरानमा १४३, जर्मनीमा ४७, फ्रान्समा २३१, युकेमा ४३, नेदरल्याण्डमा ८०, स्वीटजरल्यान्डमा ३१, दक्षिण कोरियामा ६, अस्टे«लियामा ३, बेल्जियममा ५६, क्यानाडामा १०, नर्वेमा २, पोर्चुगलमा १०, अस्ट्रियामा २, स्वीडेनमा २२, ब्राजिलमा १३, इजराइलमा २, टर्कीमा १५, इजरायलमा २, मलेसियामा ४ जनाले एकै दिनमा ज्यान गुमाएका छन्।त्यसैगरी डेनमार्कमा २, क्रेचियामा ३, आइरल्याण्डमा २, जापानमा २, इक्वेडरमा २, चिलीमा १, पाकिस्तानमा १, पोल्याण्डमा ४, रोमानियामा ५, साउदी अरेवियामा १, फिनल्याण्डमा २, ग्रिसमा २, रसियामा २, भारतमा २, फिलिपिन्समा ३, पानामा २, स्लोभानियामा १, अर्जेन्टिनामा १, पेरुमा २ जनाले गएको २४ घन्टामा ज्यान गुमाएका छन्।

त्यस्तै कोलम्बियामा १, इजिप्टमा १, बहराइनमा १, मेक्सिकोमा १, इस्टोनियामा १, डोमिनिकलन गणतन्त्रमा ४, सर्वियामा १, इराकमा २, लेवनानमा २, अल्जेरियामा २, हंगेरीमा १, मोरक्कोमा १, ट्युनिसियामा १, युक्रेनमा २, घानामा २, प्यालेस्टाइन १, वंगलादेश १, पाराग्वे १, अजरबैजान १, उत्तरी मासेजानिया १, त्रिनिडाड र टोबगोमा १ र नाइजरमा १ जनाले ज्यान गुमाएका छन्।

कोरोना संक्रमणबाट छिमेकी देश भारतमा हिजो २ जनाले ज्यान गुमाएका छन्।योसँगै भारतमा मृत्यु हुनेको संख्या १२ पुगेको छ। यसको संक्रमणबाट त्यहाँ अहिलेसम्म ६ सय ५७ जना पीडित भइसकेका छन्।

Comments are closed.