विश्व वातावरण दिवसको अवसरमा महेन्द्र मा.वि मा वृक्षारोपण कार्याक्रम सम्पन्न

पोखरा हटलाइन,
सोमवार विश्व वातावरण दिवसको अवसरमा  पोखरा २० भलाममा रहेको महेन्द्र माध्यामिक विद्यालयमा वृक्षारोपण कार्याक्रम सम्पन्न गरिएको छ ।
विद्यालयको खाली रहेको जमिनमा बृक्षारोपण गरिएको छ ।बाली विज्ञान विषय अध्ययनरत विद्यार्थीहरु, शिक्षक, विद्यालय व्यवस्थापन समितिको सकृयतामा सम्पन्न सो कार्यक्रममा कारितास नेपाल फिल्ड कार्यालय कास्की, फलफूल नर्सरी व्यवसाय संघ कास्की, गोल्डेन नर्सरीको सहकार्यमा एभोकाडो, ओखर, धुपी, कपुर, निम जस्ता बनस्पति र सुन्तला, केरा, अनार, आँप जस्ता फलफूल आदिको बृक्षारोपण कार्य सम्पन्न गरिएको छ ।

फलफूल नर्सरी व्यवसाय संघ कास्कीका अध्यक्ष श्री दिल बहादुर गुरुङ्गको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा कारितास नेपाल फिल्ड कार्यालयका कार्यलय प्रमुख श्री शोभा आचार्य, फलफूल नर्सरी व्यवसाय संघ कास्कीका उपाध्यक्ष श्री दया कुमार दुवाले शुभकामना मन्तव्य दिनुभएको थियो । बृक्षारोपण कार्य मात्र नभई यसको हेरचाह, संरक्षण गर्नुपर्ने कुरालाई जोड दिदै अध्यक्ष गुरुङ्गकले कार्याक्रमको समापन गर्नुभयो भने यस कार्याक्रम महेन्द्र माध्यामिक विद्यालयका कृषि प्रशिक्षक श्री सन्तोष अधिकारी ज्यूले संचालन गर्नुभएको थियो ।

Comments are closed.