पोखरा,२२ जेठ ।
५० औं विश्व वातावरण दिवसको उपलक्ष्यमा माउण्ट अन्नपूर्ण माध्यमिक विद्यालय नदीपुरले विद्यालय हाता तथा विद्यालय वरपरका मुख्य सडक र चोकहरुको सरसफाइ गरेको छ ।
वातावरण प्रदूषण विरुद्ध जनचेतना जगाउने प्लेकार्डसहित कक्षा ६ देखि कक्षा १० सम्मका सम्पूर्ण विद्यार्थीहरु तथा शिक्षकहरुको उक्त सरसफाइ कार्यक्रममा सहभागीता रहेको थियो । पोखरा महानगरपालिका वडा नं ३का वडा सदस्य सनकमान सि.के.,अस्थायी प्रहरी बिट पोखरा महानगरपालिका वडा नं ३ का इन्चार्ज प्रहरी हवल्दार देवबहादुर घर्ती मगर पनि उक्त सरसफाइ कार्यक्रममा विद्यालय परिवारसँग सहभागी भएका थिए । प्लाष्टिक प्रदूषण विरुद्ध लागौं भन्ने नाराका विषयमा विद्यालयका वातावरण विज्ञान शिक्षक अञ्जिता सुनारले प्रष्ट पार्दै घरबाट नै वातावरण प्रदूषणका बारेमा जनचेतना फैलाउनुपर्नेे विद्यार्थीभाइबहिनीहरुलाई बताएकी थिइन् ।
विद्यालयका प्राचार्य सइन्द्रराज श्रेष्ठले सरसफाइका सामग्री जनप्रतिनिधि सनकमान सि.के.लाई हस्तान्तरण गरी कार्यक्रम सुरु गरिएको थियो । वातावरण प्रदूषण न्यूनीकरण गर्नमा विद्यार्थीको भूमिका बढी हुने भएकाले प्रत्यक्ष रुपमा विद्यार्थीहरुलाई सो कार्यक्रममा सहभागी गराइको जानकारी विद्यालय निर्देशक अशोक शाहीले बताए ।
Comments are closed.