कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान) कास्की शाखाको आयोजना तथा पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको सह—आयोजनामा विहिबार देखि पोखरामा ‘आठौं जेरक्स क्यान इन्फोटेक २०१७ विथ मोबाइल एक्स्पो’ मेला हुने भएको छ ।
यही फाल्गुन ८ गतेसम्म पोखराको नयाँबजारस्थित प्रदर्शनी केन्द्रमा संचालन हुने उक्त मेलाको सम्पुर्ण तयारी पुरा भएको संघका अध्यक्ष श्रीप्रसाद गुरुङले जानकारी गराए । उनका अनुसार उक्त मेलामा एक सय २५ वटा स्टलहरु रहने भएका छन । उक्त मेलाको पुर्व–अवसरमा बुधबार पोखरामा साईकल ¥याली समेत प्रदर्शनी भएको थियो । पोखरा प्रदर्शनी केन्द्रबाट सुरु भएको ¥याली पृथ्बीचोक, एयरपोर्ट, विरौटा, लेकसाईड, मोहोरीयाटोल, बगर, नदीपुर, पालिखेचोक चिप्लेढुंगा नयाँबजार हुदै प्रर्दशनी केन्द्रमा आयर टुंगिएको संघका अध्यक्ष गुरुङले बताए । ¥यालीमा पोखरा साईकल सिटि, क्यान तथा संघका पदाधिकारीहरुको सहभागिता रहेको थियो ।
ग्रामिण क्षेत्रसम्म सूचना र प्रविधिको पहुँच पुर्याउनका लागि मेला निकै उपयोगि हुने क्यान कास्कीका अध्यक्ष चिन्तामणी वास्तोलाले बताए । मेलामा पुग्ने ग्राहकहरुले लागि मोवाईल खरिदमा ५ देखि ५० प्रतिशतसम्म छुट पाउने पोखरा ईलेक्ट्रोनिक्स व्यवसायी संघका महासचिव नारायण सुवेदीले बताए । मोफसलमा निरन्तर ८ वर्षदेखि क्यान कास्कीले इन्फोटेक मेला गर्दै आएको छ । यस पटक पोखरा इलेक्ट्रोनिक्स व्यवसायी संघसँग सहकार्य गरी मोबाइल एक्स्पो पनि हुने भएकाले ८ औं संस्करणको मेला हुन लागेको हो । जेरक्स कम्पनीको मुख्य प्रायोजन रहेको मेलामा डायमन्ड स्पोन्सरका रुपमा रिको, गोल्ड स्पोन्सरको रुपमा पोखरा इन्टरनेट, सिल्भर स्पोन्सरको रुपमा नेटिस र हिटाची, टिकेट स्पोन्सरमा एक्सेस वल्र्ड, बैंकिङ पार्टनरमा नेपाल बैंक रहेका छन् ।
त्यसैगरी इन्सुरेन्स पार्टनरमा युनाइटेड इन्सुरेन्स, लोटरी पार्टनरमा चिठ्ठा डटकम, आइटी पार्टनरमा आइपे र वेबसफ्ट टेक्नोलोजी नेपाल, प्रिन्टिङ स्पोन्सरमा क्यानोन रहेका छन् । यसैबीच मोबाइल एक्स्पोमा नेपालमा विस्तार भएका चर्चित ब्राण्डहरूको विक्रि हुने भएको नेपाल मोवाईल वितरक संघ पश्चिमाञ्चल शाखाका अध्यक्ष शिवराज पहारीले बताए । उनका अनुसार मोवाईल विक्री सहित परामर्श गराउने भएको उनले बताए । इन्फोटेकको करिब १ लाख दर्शकले अवलोकन गर्ने अपेक्षा गरिएको छ ।
Comments are closed.