व्यवसायीहरु उपभोक्तामुखी हुन जरुरीः महानिर्देशक कोईराला

पोखरा, ८ चैत/लेखनाथ उद्योग वाणिज्य संघ र राष्ट्रिय उपभोक्ता मञ्चको संयुक्त आयोजनामा शनिवार २९ औं अन्तराष्ट्रिय उपभोक्ता दिवसको अवसरमा “स्वस्थकर खाना हाम्रो अधिकार” बिषयक छलफल भएको छ ।
कार्यक्रममा लेखनाथ क्षेत्रका उद्योगी व्यवसायीसंग उपभोक्ताभुखी व्यवसायीक सचेतना बिषयमा छलफल भएको थियो । कार्यक्रमका सहभागिहरुले उपभोक्ताको स्वास्थ्यलाई ख्याल गरि गुणस्तरिय व्यवसायीक उत्पादनलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् ।
कार्यक्रममा बोल्दै वाणिज्य विभागका महानिर्देशक शम्भु कोईरालाले विद्यालय शिक्षा देखि नै उपभोक्तामुखी सचेतना कार्यक्रम ल्याउन विभागले तयारी गरिरहेको बताए । नेपालमा उत्पादनमुखी कार्यक्रम ल्याउनका लागि उनको आग्रह थियो ।
राष्ट्रिय उपभोक्ता मञ्चका अध्यक्ष प्रेमलाल महर्जनले उपभोक्ता र व्यवसायीबीच कमीकमजोरीका बारेमा बोलेका थिए ।
लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष वावुराम गिरीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्योग वाणिज्य संघका प्रथम उपाध्यक्ष लक्ष्मीप्रसाद त्रिपाठी, महासचिव बलराम ढकाल, उपभोक्ता मञ्च कास्कीका सहसचिव मिलनप्रसाद तिवारी लगायतले आ–आफ्ना धारणा राखेका थिए ।

Comments are closed.