व्यवसाय जीवन रक्षा कोष सम्वन्धी अन्तरक्रीया सम्पन्न

पोखरा,

नेपाल घरेलु तथा साना उद्योग महासघं महिला उद्यमी समिति गण्डकी प्रदेशको आयोजनामा आइतबार व्यवसाय जीवन रक्षा कोष कर्जा सम्वन्धी अन्र्तक्रिया कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा उपस्थित व्यवसायीले कोविडको पछीको समय बैंकहरुले कर्जा दिन आनाकानी गरेको भन्दै गुनासो व्यक्तगरेका छन् ।

कार्यक्रममा बोल्दै नेपाल घरेलु तथा साना उद्योग महिला उद्यमीका केन्द्रिय अध्यक्ष रोशनी उपाध्यायले अहिले धेरथोर लगानी गरेर उद्यमशील बन्दै गएको बताउनुभयो । उहाँले उद्यममा केही समस्या भएकाले अव समस्या समाधान गर्न पनि अग्रसर हुन आग्रह गर्नुभयो ।

उपाध्यायले कुनै व्यवसायीको गुनासो पछि बैंकहरुले बिना धितो कुनैपनि क्षेत्रमा कर्जा उपलब्ध गराउन नसक्ने बताउनुुभएको थियो । उहाँले भन्नुभयो, आफ्नो घरमा त कुनैपनि कुनै कामकाजमा कारोवार हुदा स्पटीकरण दिन पर्छ भने यो त सरकारी कामकाज भएकाले विना आधार उद्योग व्यवसाय गर्न नदिने बताउनु भयोे ।

गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्री परिषद कार्यालयका उपसचिव मुक्ती भण्डारीले कोविडका कारण नेपालमा व्यवसायी उद्यमीहरुलाई प्रत्यक्ष असर परेकाले सहयोग गर्ने र व्यवसायलाई कसरी चलायमान गराउने भन्ने कार्यविधि निर्माण भएको  बताउनु भयो ।

नेपाल घरेलु तथा साना उद्योग महासघं महिला उद्यमी समिति गण्डकी प्रदेशका अध्यक्ष चिनु गुुरुङले व्यवसायका लागि प्रदेश सरकारबाट भएको सुचना प्रवाह गर्न सामाजिक सञ्जालले आफुुहरुलाई फाइदा पु¥याएको बताउनु भयो ।

कार्यक्रममा गण्डकी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालय र नेपाल राष्ट्र बैंक पोखराले सहजीकरण गरेका थिए ।

कार्यक्रम सञ्चालन नेपाल घरेलु तथा साना उद्योग महासघं महिला उद्यमी समिति गण्डकी प्रदेशका महासचिव बसन्त के सीले सञ्चालन गर्नुभएको थियो ।

Comments are closed.