व्यावसायिक यात्रामा मन, नेत्र र जीवन

एकराज गिरी / आनीबानी र फरक पृष्ठभूमि । उमेर अनि फरक रुचि । जिन्दगी चलाउने बाटो एउटै । तनहुँ, बाग्लुङ र स्याङजामा जन्मेका उनीहरु । अध्ययनका सिलसिलामा पोखरा भित्रिए । अध्ययनकै क्रममा भेटिएका उनीहरु लामो समय छुटिएपनि । कोही विदेश भौतारी । कोही स्वदेशमै राजनीतिक र सामाजिक क्षेत्रमा क्रियाशिल भए । अन्तत उनीहरु जसरी छुटिएपनि भेटिए दोहोरी साँझ संचालकका रुपमा । तनहुँको भानु—८ मा जन्मेका २९ वर्षिय मनकुमार श्रेष्ठ, बाग्लुङ बुर्तीवाङमाका ३४ वर्षिय जीवन मल्ल र स्याङजा फापरथुमका २६ वर्षिय नेत्र ढकाल । यी तिन युवाले संयुक्त लगानीमा पोखराको मुख्य बजार महेन्द्रपुलमा फेवा दोहोरी साँझ संचालन गरिरहेका छन् । अध्ययनका क्रममा भेटिएका उनीहरु ब्यवसायी सहयात्री बनेका छन् । तीनै जनाको रुचि पनि फरक फरक छ । विदेश भास्सिएर पाँच वर्ष विताएपछि पोखरा फिरेका जीवनलाई केही गर्नुपर्छ भन्ने भावना जागृत भयो । अनि कहिले ढुङगामुढा, टायरसंगै र कहिले राजनीतिक नेताका पछाडि जिन्दाबाद मुर्दाबादका नारा लगाउँदै हिड्ने मनकुमारको आर्थिक हैसियत माथि उकास्ने सपना । अध्ययनसँगै अधिकारका बारेमा सचेत गराउने नेत्रलाई पनि अरुलाई सचेत गराएर मात्रै नहुने र आर्थिकस्तर सबल बनाउनुपर्ने कल्पना । वि.सं. २०५१ सालबाट अनेरास्ववियूबाट राजनीतिक यात्रा सुरु गरेका मनकुमार उच्च शिक्षा अध्ययनका लागि २०५६ सालमा पृथ्वीनारायण क्याम्पस प्रवेश गरे । वि.सं. २०६२÷६३ सालमा पृथ्वीनारायण क्याम्पस अनेरास्ववियूको इकाई अध्यक्ष बने भने हाल उनी नेकपा एमाले कास्की जिल्ला कमिटी सदस्य र स्ववियू कोषाध्यक्षको पदमा छन् । त्यस्तै जीवन खेलकुद क्षेत्रमा आफनो यात्रालाई अगाडि बढाउदै गर्दा जापान जाने मौका पाए । विश्व च्याम्पियनशिप काँरातेमा नेपालको प्रतिनिधित्व गदै जापान पुगेका उनी नेपालमा आम्दानीको बाटो नदेखेपछि उत्तै लुके । पाँच वर्षको बसाईपछि पोखरा फर्किएका उनी हाल दोहोरी साँझसंगै स्वयमसेवी प्रशिक्षकका रुपमा दैनिक २५ जनालाई पोखरा रगंशालामा करातेको प्रशिक्षणसमेत गराउँदै आएका छन् ।

त्यस्तै व्याचलर पढ्न स्याङ्जाबाट वि.सं.२०६१ सालमा पोखरा आएका नेत्र मास्टरसम्मको शिक्षा पुरागरी मानव अधिकारका क्षेत्रमा क्रियाशिल छन् भने पोखरा सिटि रेवानको सदस्य र एसके सप्लायस समेत संचालन गर्दै आएकाछन् ।

अनि यी तीनै जनाको भावना एकिकृत भएपछि ५० लाखको लागनीमा चार वर्ष अगाडि सुरु गरे दोहोरी साँझ । उनीहरुले दोहोरी साँझमा ३५ जनालाई रोजगारी समेत दिन सफल भएका छन् । तीन जना युवाको व्यावसायिक यात्रा सफलताले दैनिक विदेश पलायन हुने युवाका लागि प्रेरणासमेत बनेको छ ।

उनीहरुले दोहोरी साँझबाट आम्दानी मात्रै हैन् विभिन्न सामाजिक क्षेत्रमा समेत सहयोग गरेका छन । दोहोरी साँझको बार्षिकोत्सवको अवसर पारेर पोखरा बृद्धाश्रम, बात्स्यान विद्याश्रममा खाद्यायन्न, फलफुल र नगद वितरण गर्दै आएका छन् । त्यस्तै रक्तदान, पोखराको पृथ्वीनारायण क्याम्पसमा आर्थिक अभावमा रहेकालाई छात्रबृत्ति प्रदान, नेपाल पत्रकार महासंघ कास्कीको भवन निर्माणका लागि आर्थिक सहयोग गर्दै आएको संचालक मनकुमार श्रेष्ठले बताए । त्यत्ती मात्रै हैन् संगीत क्षेत्रमा उदाउने नयाँ कलाकारलाई प्रोत्साहन गर्न विभिन्न खाले कार्यक्रम समेत गदै आएको छौ श्रेष्ठले भने—‘संगीत क्षेत्रमा आएका नयाँ कलाकारहरुको पा्ेत्साहनका लागी आर्थिक सहयोग देखि आवश्यक पर्ने सवै खाले सहयोग गरेका छौ ।’ संगीत क्षेत्रमा पनि पोख्त राष्ट्रिय जनसास्कृतिक महासंघका केन्द्रीय सदस्य समेत रहेका श्रेष्ठका अनुसार संगीतमा चर्चित बन्दै गरेकी दुर्गा परियार, सिडिविजय अधिकारी, रितु लामा, रितु गुरुङ, धन गुरुङ, खिम गुरुङलाई फेवा दोहोरी साँझले सहयोग गरेको छ । त्यस्तै स्रष्टा सम्मान कार्यक्रम गदै पोखरेली लोकदोहोरी क्षेत्रका हस्ती प्रजापति पराजुली, पदमराज ढकाल र परिर्वतन गायक लगायतलाई सम्मान गरेको छ ।

उनीहरु आफु मात्रै सम्पन्न बन्ने सपना छैन् । जीवन, मनकुमार र नेत्र एउटै स्वरमा भन्छन्—‘हामी नाफा मात्रै कमाउन चाहादैनौ । समाजीक कार्य पनि गर्न चाहान्छौ । दोहोरी साँझबाट हुने बार्षिक आम्दानीको दश प्रतिशत नाफा समाजिक क्षेत्रमा लगाउने योजना बनाएका छौ ।’ दश प्रतिशत नाफा बृद्धाश्रम, संगीत र शिक्षा क्षेत्रमा खर्च गर्ने योजना बनाएकौ छौ संचालक मध्यका एक नेत्र भन्छन् ।

पोखरामा थुपै दोहोरी साँझ भएपनि तीन युवाले संचालन गरेको फेवा दोहोरीले आप्mनो छुट्टै पहिचान बनाएको छ । दोहोरीमा पहिलो पटक पुग्ने ब्यक्ति अर्को पटक पनि जामजाम बनाउने वातावरण यी युवाको स्वागत सत्कारले ग्राहकलाई बनाउने गरेको छ ।