पोखरा ११,बैशाख रलोडसेडीङ्गका कारण समस्या झेलीरहेका नेपाली नागरीकहरुले शनिवारदेखि भने केहि राहतको महशुस गर्न पाउने भएका छन् । हालसम्म दैनिक आठ घण्टासम्म लोडसेडिङ्गको मार खेप्न बाध्य मुलुकवासीहरुले शनिवारदेखि बढीमा सात घण्टामात्रै त्यो समस्या व्यहोर्नुपर्ने नेपाल विद्युत प्राधिकरणले जनाएको हो । प्राधिकरणले शुक्रबार लोडसेडीङ्गको नयाँ तालिका समेत प्रकाशन गरेको छ ।
देशमा भएका नदीहरुको जलस्तर बढेको तथा कुलेखानी जल विद्युत आयोजनाको सञ्चितीमा सुधार आएपछि लोडसेडीङ्गको घटाईएको प्राधिकरण प्रणाली सञ्चालन विभागले जनाएको छ । हाल विद्युतको माग १२ सय मेगावाट छ । प्रणाली सञ्चालनमा अझै साढे पाँच सय मेगावाट विद्युत अपुग छ । केही दिनयता लगातार पानी परिरहँदा नदीमा पानीको सतह बढेकाले लोडसेडिङ घटाईएको हो ।साथै कुलेखानी लगायतका ठूला जलविद्युत आयोजनामा पानीको सतह बढेपछि लोडसेडिङ घटाउन सकिने भएको प्राधिकरणको भनाई छ ।
Comments are closed.