शिक्षकद्वारा हिसाब सिकाइदिन्छु भन्दै यौन शोषण

पोखरा १2 फागुन । पोखराका एक शिक्षकले एक छात्रालाई पढाउन सिकाइदिन्छु भन्दै लामो समयदेखि यौन शोषण गरेको खुलासा भएको छ । पोखरा १६ वाटुलेचौरका अन्दाजी ५५ बर्षिय लक्ष्मण खवासले लामो समयदेखि विभिन्न प्रलोभन तथा दवावमा पारेर यौन शोषण गरेको भन्दै एक १४ बर्षिय छात्राले म‌ङ्गलबार जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएपछि घटना खुलासा भएको हो । हिसाब सिकाइदिन्छु भन्दै छात्रालाई बोलाउने र कपाल सुमसुम्याउने, संवेदशील अङ्ग मुसार्ने गर्ने शिक्षकले खासा भ्रमण गएको मौका पारेर दवावमा यौन सम्पर्क गरेको उनले बताएकी छन् । ‘मलाई सानैदेखि हिसाब सिकाइदिन्छु भन्दै बोलाउने र यस्तै हर्कत गर्ने गर्नुहुन्थ्यो तर, भ्रमण जाँदा एउटै कोठामा सुतेका बेला नगर्ने काम सबै गर्नुभयो’ पीडित छात्राले बताइन् ।

किशोरीको उजुरीपछि प्रहरीले शिक्षक खवासलाई पक्राउ गरी जर्वजस्ती करणी गरेको अभियोगमा प्रक्रिया अघि बढाइएको कास्की प्रहरी प्रमुख हरि बहादुर पालले जानकारी दिए । ति छात्रालाई हिसाव सिकाईदिन्छु भन्दै पाँच कक्षामा पढ्दैदेखि यौन दुव्र्यवहार गर्ने र थोरै पैसा पनि दिने गरेको बताइएको छ । उनले शिक्षकले यौन दुव्र्यवहार गर्न थालेपछि आफुले राम्रोसँग हिडडुल गर्न र पढ्न नसकेको बताउँदै शिक्षक खवासलाई कडा कार्वाही गर्नुपर्ने माग गरेकी छन् ।

विद्यालयमा उज्जवल भविष्य वनाउन पठाएकी छोरी गुरुद्वारा यौन शोषणमा परेको सुन्दा किशोरीका परिवार स्तब्ध भएको छ । ‘सरले ज्ञानगुनका कुरा सिकाउलान् ।  छोरीले जागिर खाएर ठुली मान्छे वन्ली भनेको त, गर्र्नै नहुने कुकर्म पो गरेछन्’, किशोरीकी आमाले दुःखेसो पोखिन ‘पहिला पनि घरमा पढाईदिन्छु भनेर आउँदा वदमासी गर्न खोजेको देखेर हप्काएर पठाएका थियौं ।’

उनले आरोपित शिक्षकका आफन्तले रकम दिएर घटना मिलाउन खोजेको बताइन् ‘समाजमा यस्तो भइरहन्छ । मिलेर वस्नुपर्छ । वरु पैसा दिम्ला पनि भनेका थिए,’ उनले भनिन ‘तर हामीले मानेनौं ।’ उनले गत ३ गते विद्यालय नजिकै कुखुराको खोरमा साँझपख शिक्षक खवास र छोरीलाई छोराले देखेपछि सोधपुछ थालेको बताइन् ।  घटनाबारे विद्यालय व्यवस्थापन समितिले पनि चासो दिएको छ। अभियुक्त खवासले पहिला पनि आठ कक्षामा पढ्दै गरेकी छात्रालाई भगाएर बिहे गरेका समितिका अध्यक्ष गणेशवहादुर थापाले बताए ।

Comments are closed.