शिक्षक सेवा आयोगलाई शिक्षामन्त्रीले दिएको दबाब अस्विकार्य ःकांग्रेस

 

९ चैत, काठमाडौँ ।शिक्षक सेवा आयोगलाई शिक्षामन्त्रीले दिएको दबाब अस्विकार्य भएको कांग्रेस ले जनाएको छ । शिक्षक सेवा आयोगमा पदाधिकारी नियुक्ति सिफारिसलाई परिवर्तन गर्न शिक्षामन्त्रीले समितिका अध्‍यक्ष तथा सदस्‍यलाई पटक–पटक दबाब दिएको भन्‍दै नेपाली कांग्रेसले गम्भीर आपत्ति जनाएको हो ।
नेपाली
कांग्रेस शिक्षा विभागका सचिव डा.कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘ त्रिभुवन विश्‍वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्य रहेको छनोट समितिले गरेको सिफारिसलाई नेपाल सरकारका शिक्षामन्त्रीले पटक पटक पदाधिकारी सिफारिस समितिका अध्‍यक्ष तथा सदस्‍यहरुलाई दबाब दिएकोमा नेपाली कांग्रेस शिक्षा विभागको गम्भीर ध्‍यानाकर्षण भएको छ । ‘
यसका साथै कांग्रेसले शिक्षा ऐन २०२८ र शिक्षक सेवा आयोग नियमावली २०५७ बमोजिम शिक्षक सेवा आयोगका पदाधिकारी नियुक्ति प्रक्रियालाई निशर्त टुंगोमा पु¥याउन माग गरेको छ ।
यसअघि शिक्षक सेवा आयोग (नवौ संशोधन) नियमावली, २०७१ अनुसार आयोगका पदाधिकारीको सिफारिस गर्न लोक सेवा आयोगका अध्‍यक्षको अध्‍यक्षतामा त्रिभुवन विश्‍वविद्यालयका उपकुलपति र शिक्षा मन्त्रालयका सचिव सदस्‍य रहेको छनोट समितिले २०७७ कार्तिक २२ गते आयोगको अध्‍यक्षमा मधुप्रसाद रेग्मी, सदस्‍यमा डा. डिल्लीराम रिमाल र नन्दकुमारी महर्जनलाई सिफारिस गरेको थियो

Comments are closed.