शिक्षा क्षेत्रको विकृति हटाउन माग

पोखरा २७ चैत ।शिक्षा क्षेत्रमा देखिएका विकृति विसंगतिलाई हटाउनका लागि सक्रियताका साथ लाग्न जिल्ला शिक्षा कार्यालय कास्कीलाई विभिन्न संसंस्थाले ज्ञापनप्रत्र बुझाएका छन् । कास्कीमा क्रियाशिल विभिन्न विद्यार्थी संगठन, उपभोक्ता मंच कास्की र अभिभावक संघ कास्कीले शिक्षा क्षेत्रमा देखिएका सबै खाले विकृती र विसंगतीको विरोध गदै जिल्ला शिक्षा कार्यालय कास्कीमा ज्ञापनपत्र बुझाएका हुन् ।

विगतका निर्णय र सहमति अनुसार पाठ्यपुस्तकमा १० देखि २० प्रतिशत छुटको व्यवस्था कार्यन्वयन गर्नुपर्ने, शिक्षा ऐन र नियमावली विपरित मनपरी ढंगले शुल्क बढाउने, बार्षिक शुल्क, भर्ना शुल्क र विभिन्न वहानामा विविध शुल्क लिने कार्य तत्काल बन्द गर्नुपर्ने लगायत ६ बुँदे माग राख्दै जिल्ला शिक्षा कार्यलय कास्कीमा ज्ञापन पत्र बुझाएका हुन् ।

उपभोक्ता मञ्च कास्कीका अध्यक्ष कपिल कोइराला,अभिभावक संघ कास्कीका अध्यक्ष हेमराज बराल, ने.वि.संघका केन्द्रिय सदस्य सरोज के.सी, अनेरास्ववियूका शेखर गौतम, अनेरास्ववियू क्रान्तिकारी कास्कीका अध्यक्ष कृष्णराज दाहाल, अखिल छैटौंका अध्यक्ष गणेश अधिकारी, अनेरास्ववियू क्रान्तिकारीका नेता मिलन राई र अग्रगामी विद्यार्थी यूनियनका केन्द्रीय सदस्य बिशाल गुरुङद्धारा हस्ताक्षरित ज्ञापन पत्रमा नयाँ शैक्षिक सत्रको सुरुवातसँगै शिक्षा क्षेत्रमा हुने कालोबजारी, माफियाकरण र विशेष गरी संस्थागत विद्यालयहरुले मनपरि ढंगले शुल्क उठाइरहेको प्रति आफुहरुको गंभिर ध्यानाकर्षण भएको उल्लेख छ ।

Comments are closed.