पोखरा, २६ भदौ
चिप्लेढुंगाको पोखरा दौतारी दोहोरी साँझले १६ औं वार्षिकोत्सव भव्य रुपमा मनाएको छ । साँझले भदौ २१ देखि २५ गते सम्म वार्षिकोत्सव मनाएको हो । सो अवसरमा साँझले विशेष सांगीतिक कार्यक्रम र विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ ।
वार्षिकोत्सवको अवसरमा दोहोरी साँझका संस्थापक यामबहादुर गुरुङ, दौतारी दोहोरी साझको स्वागत गीतका रचनाकार तारापति सुवेदी, पत्रकारद्धय माधव बराल, हेमराज अधिकारीलाई सम्मान गरेको हो ।
Comments are closed.