काठमाण्डौबाट बाग्लुङ जाँदै गरेको बस दुर्घटना १ को मृत्यु २८ घाईते ।

बुर्तिबाङ जाँदै गरेको बस कास्कीको हेम्जामा  दुर्घटना हुँदा दुई वर्षे एक बालकको मृत्यु र   २८ जना घाइते भएका छन् ।
काठमाडौंबाट वागलुङ जाँदै गरेको ग.१ ख.६१६९ नम्बरको रात्री बस बिहान ५ बजेर ४० मिनेटमा दुर्घटनामा भएको प्रहरीले जनाएको छ । एकै दिशामा  गइरहेको अर्को बसलाई ओभरटेक गर्ने क्रममा बस अनियन्त्रित भई पल्टिएको स्थानीयबासीले जानकारी दिएका छन् । तिब्र गतीमा गुडेको बस एक्कासी पल्टिदाँ ठुलै क्षती हुने गरि दुर्घटना भएपनि तत्काल यात्रुहरुको उद्धार भएकाले ठुलो क्षति नभएको प्रहरीले बतायो । दुर्घटनामा दुई वर्षे एक बालकको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । घाइतेहरुको मनिपाल शिक्षण अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पोखरामा उपचार भइरहेको छ ।दुर्घटनामा परि गुल्मी नेटा गाबिस दुईका ४५ वर्षिय मनुमया अर्याल र उनका नाती दुइ वर्ष ६ महिनाका अजित अर्यालको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।दुर्घटनामा परि गुल्मी नेटा दुइका सरस्वती अर्याल, जीवन अर्याल र नारायण अर्याल अन्य स्थानका स्मृति बुढा मगर, घलेन्द्र बुढा मगर, चन्द्रकला थापा, मिना बिक, भिम माया घर्ति मगर, लेख बहादुर कामी, बाल कुमारी घर्ती मगर , तेजेन्द्र सुनार, सृष्टी पुन, आसा पुन ,देबी घर्ती मगर ,शिला घर्ती मगर , बिश्वास घर्ती मगर घाइते भएका छन ।

Comments are closed.