‘शिरीषको फूल’ पोखरामा मञ्चन हुदै, तयारी पुरा

पोखरा २३ चैत्र,

सुप्रशिद्ध साहित्यकार पारिजातको मदन पुरस्कार विजेता उपन्यास ‘शिरीषको फूल’ मा आधारित नाटक  मञ्चन तयारी पुरा भएको छ । नाटक चैत्र २४ गते बिहिबारबाट पोखरा थिएटरको गन्धर्व नाटकघरमा मञ्चन हुँदैछ । २७ गतेसम्म मञ्चन हुने यस नाटकको निर्देशन अञ्जान प्रदीपले गर्नु हुनेछ । थिएटर मल र पोखरा थिएटरको सहकार्यमा नाटक मञ्चन हुन लागेको हो । नाटक हरेक दिन साँझ ५ मञ्चन गरिनेछ । यसका अलावा शनिबार दिउँसो १ बजे समेत नाटक मञ्चन हुनेछ ।

केदार श्रेष्ठको परिकल्पना रहेको नाटकमा समृद्धि नेपाल, संजय विश्वकर्मा, हाङ ओ हाङ राई, सविना गोपाली, मञ्जु महर्जन, अञ्जु रिजाल, अस्मिना भारती, रेजी बस्नेत र जेनी सुनुवारको अभिनय हेर्न पाइनेछ । नाट्य आलेख चौथो आयामले तयार पार्नु भएको हो ।थिएटर मलका संस्थापक तथा कला निर्देशक रहनुभएका  परिकल्पनाकार केदार श्रेष्ठ शिरीषको फूलको देशयात्रा सुन्दर नगरी पोखराबाट सुरु हुन लागेकोमा उत्साहित भएको बताउनुहुन्छ ।पोखरामा व्यक्तिगत रुपमा मेरो तेस्रो नाटक हो । धेरै समयदेखि नाट्य गतिविधिनभइरहेको बेला २०७३ मा नाटक मान भर्सेस मती लिएर पोखरा आइपुगेको थिए । त्यसपछि निर्देशकहरुको कार्यशालाबाट तयार नाटक खबर हराएका चिठ्ठी मार्फत यहीं पोखरा थिएटरको मञ्चमा सक्षात्कार गर्ने मौका पाएको थिए । फेरि शिरीषको फूलको देशयात्रा सुन्दर नगरी पोखराबाट सुरु भएको छ । उहाँले भन्नुभयो ।पोखरा थिएटर संस्थापक तथा क्रियटिभ डाइरेक्टर परिवर्तनले थिएटर मलसँग संस्थागत सहकार्यमा नाटक मञ्चन गर्न पाउदा खुशी लागेको सुनाउनुभयो ।पोखरा थिएटरले स्थापनाकालदेखि नै विभिन्न रंग समूह सगँको सहकार्यलाई महत्व दिदै आएको छ । थिएटर मलसँग संस्थागत रुपमा यो पहिलो सहकार्य भएपनि विभिन्न रुपमा विगतका बर्षदेखि नै सहकार्य हुदै आइरहेको छ । उहाँले भन्नुभयो । नाटक मञ्चनको लागि पोखरा आएको थिएटर मलको टिमले पोखराका नाट्यप्रेमी दर्शकको साथ पाउने अपेक्षा गरेको छ ।

Comments are closed.