शिवनाथ अधिकारीको तेस्रो पुस्तक “आदर्श पानाहरु” (निबन्ध) विमोचन

पोखरा हटलाइन,
तिलिङ्गाटार काठमाण्डौं द्धारा समाजकै आजिवन सदस्य श्रष्टा श्री शिवनाथ अधिकारीको तेस्रो पुस्तक “आदर्श पानाहरु” नामक (निबन्ध) तिलिङटार मा.बि.धापासी, काठमाण्डौमा एक कार्यक्रमका बिच लोकार्पण गरिएको छ ।

लोर्कापण कार्यक्रममा समाजका अध्यक्ष हरिहर खनाल, बरिष्ठ अर्थबिद प्रो.डा. गोबिन्द नेपाल, तिलिङटार मा.बि.का प्रधानध्यापक सरोज कुमार पाण्डे एवम् प्रमुख अतिथी नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले सयुक्त रुपमा विमोचन गर्नुभयो । उक्त अवसरमा प्रमुख अतिथी गुरुङले श्रष्टा शिवनाथ अधिकारीको निबन्ध सम्रग मानवको प्रगतिको लागि सार्थक भएको बताउनु भएको छ । यस्तै अधिकारीले छरियका पानाहरु–२०७६, सुनौला पानाहरु–२०७७ प्रकाशित गरिसक्नु भएको छ ।

 

Comments are closed.