अझैपनि नेपाली चेलीबेटीहरु ‘शिव’जस्तो पति पाउँ भनि श्रावणी व्रत, सोमबार व्रत, महाशिवरात्री व्रतोपासना इत्यादी गर्छन् । गायिका कोमल वलीले गाउने तीज गीतका शब्दहरुमा पनि ‘शिवजी’ केन्द्रीत शब्दहरु भेटिन्छन् । अघिपछि गाउँदा ‘पोइला जान पाम शिव’ जस्ता शिव सम्वद्ध शब्दहरु राख्छिन् । मैले थाहा पाएअनुसार महिलाको चाहना शिव जस्तै पति प्राप्ती र पुरुषले पार्वती जस्तै पत्नी पाउँ भन्ने नै हुन्छ जहाँसम्म ।
कलिलो उमेर । भर्खर जुँगाका रेखी नजानिँदो पारामा बस्दै थिए । अलि चञ्चल स्वभावको म झनै चञ्चल चञ्चल थिएँ । बुरुक बुरुक खुट्टामा उम्लिन्थे । खुट्टाको तालसँग शरीर उफ्रिन्थ्यो । शरीरको गतिसँगै मन उफ्रिन्थ्यो कुनै एक ठाउँबाट अर्को ठाउँमा स्थानान्तरण भएको भ्यागुतो जसरी । के हुनुपर्ने समय थियो र हुँदै के थियो त्यो हेक्का राख्दिनथेँ म ।
दुध हालेको चिया पिउन पाउँदा पनि गरिबहरु खुसी हुनुपर्ने वाध्यता थियो । धेरै पछि थाहा पाएथेँ— घरमा खाने अन्न नभएर आमा धेरैभन्दा धेरै व्रत बस्नुहुँदो रहेछ । त्यतिबेला खुब रोएको थिएँ आमाको यो नियती सम्झेर ।
शिवरात्रीको दिन थियो । जतिबेला म चितवनको एक सामुदायिक विद्यालमयमा अध्ययन गर्थें । नजिकै थियो हरिहर परिसर । यस क्षेत्रको नाम हरिहर त्यहीँको एक ‘हरिहर मन्दिर’को प्रभावले भएको बुझिन्छ । अघिपछि पनि दैनिक अखण्ड हवन, अखण्ड दीप प्रज्वलन, हरिसंकिर्तन, पाठ पारायण लगायत पूजा अर्चना भइनै रहन्थ्यो । यस्ता व्रतोत्सव आउँदा विशेष कार्यक्रम हुँदारहेछन् त्यहाँ ।
मैले जान्दादेखि नै घरमा आमा पूर्णिमा, एकादशी, शिवरात्री, रामनवमी इत्यादीको निराहार व्रत बस्नुहुन्थ्यो । त्यै देखेर म पनि भोकै बस्थेँ आमासँगसँगै । आमाले नखाएपछि मेरो मनले खान के मान्थ्यो र । बरु धन पैसा भए केरा फलफूल किनेर खाइन्थ्यो । आमाको व्रतले मलाई पनि खुसी मिल्थ्यो थोरै । त्यो दिन कता कताबाट मागेर हुन्छ कि किनेर हुन्छ चिया पिउन, भगवानलाई अघ्र्य दिन दूध लिएर आउनुहुन्थ्यो । दुध हालेको चिया पिउन पाउँदा पनि गरिबहरु खुसी हुनुपर्ने वाध्यता थियो । धेरै पछि थाहा पाएथेँ— घरमा खाने अन्न नभएर आमा धेरैभन्दा धेरै व्रत बस्नुहुँदो रहेछ । त्यतिबेला खुब रोएको थिएँ आमाको यो नियती सम्झेर ।
त्यसदिन म पनि निराहार थिएँ । मन्दिरमा बिहानैदेखि दर्शन गर्नेहरुको भिड उमडिँदै थियो । शिवजीको लिङ्गमाथि विल्वपत्रदेखि विविध प्रकारका मिष्ठान्न, पकवान, फलफूलको रास चुलिँदै थियो । म पहिलेको मेरै अवस्था सम्झँदै घुटुक्क घुटुक्क थुक निल्थेँ । एकातिर पूजार्चना चल्दै थियो शिवजीको त अर्कोतिर अखण्ड किर्तनको ताल जारी थियो । म मेरा हितैषी साथीहरुसँग मन्दिरमा सवेरै पुगिसकेको थिएँ ।
मन्दिरको गेट प्रवेश गर्ने बित्तिकै कलधारा छ । त्यसको देव्रेपट्टि लस्करै गणेश मन्दिर, गायत्री मन्दिर, शिव मन्दिर र राधाकृष्ण मन्दिर छन् । गणेश मन्दिरको सामुख्य चौतारी चिनेर बनाइएको अमलाको बृक्ष छ । गायत्री मन्दिरको सिधा अगाडी हवन कुण्ड छ । जुन हवन कुण्ड र गायत्रीकोबीचमा अर्को बाहिरै प्राणप्रतिष्ठा गरिएको ठूलो शिवलिङ्ग छ । उक्त शिवलिङ्ग, हवनकुण्ड र शिवमन्दिरको त्रिभुजाकारमा विशाल हनुमानको मूर्ति स्थापिछ छ । श्रद्धालुहरुको भीड हरेक मन्दिरमा उत्तिकै देखिन्छ । म र मेरा हितैषीहरु अमलाको फेदमा टुक्रुक्क बस्यौँ । लोभी आँखाहरु शिवको व्रत राखेर वर माग्न आउने कुमारी पार्वतीहरुतिर किर्ना जसरी टाँसिन्थे । कोही खिस्स हाँसिदिन्थे । कोही मतलब राख्दैनथे । र, निधारमा एकैपटक सयवटा गाँठा पार्थे क्वै क्वै । तैपनी हेर्ने आँखालाई मनले रोक्ने दुस्साहन गरेन ।
‘तिम्रो नाम केरे ?’ ‘पार्वती’ एकै बचनमा फ्याट्टै बोलि । थाहा पाइन साँचो बोलि कि झुटो बोली । तर बोल्न चैँ बोलि । ‘यही मन्दिरमा आउनु । अनि पछाडिपट्टि रहेको सिसौघारीमा जाम्ला । यसो…..’ अघि छुटेको कुरालाई उठान गर्दै भनेँ ।
बिस्तारै बिस्तारै साथीहरु एकत्रित हुन थाले । गफको माहौल बन्दै गयो । ननभेज जोक्स्हरु सीमाना तरेर हुँइकिए । गाँजा, भाँङ्ग, धतुरो अघिपछि नखाएकोले पनि प्रसादको रुपमा खानुपर्छ भन्ने तर्क राख्न थाले भेला भएका अग्रज दाईहरु । त्यतिबेला मेरा हितैषीले के सोचे थाहा भएन, कहिल्यै यी चीजहरुको आस्वादन नगरेको मेरो भने प्रसाद ग्रहणार्थ खुसीको सिमा नै रहेन ।
दिनभर त्रिकोणात्म कार्यहरु भैइरहे मन्दिरमा । एक– शिवरात्री पूजन, दुइ–अखण्ड संकिर्तन र तेस्रो चिया, हलुवा बनाइरहने, वितरण गरिरहने । वरपरका प्रायःजसो मन्दिर आएको मेसो थियो । यता दाइहरु ‘शिवधुनी’ जगाउने तयारी गर्दै थिए । बेला बेला शिवजीलाई पात्र बनाएर अनेक रमाइला टुक्का टुक्की निकाल्थे । कतिपय कुरा सुन्दा आधा जिभ्रो निकालेर कटक्क टोक्थेँ म । सायद शिवरात्रीको नशाभन्दा ज्यादा लज्जा बाँकी थियो ममा ।
दाइहरुकै आग्रहमा म मुढा चोर्न जाने समूहमा वर्गिकृत भएँ । मेरा दौतरीहरु गाँजा, भाङ्ग र चुरोटका प्याकेट ल्याउन खटिए । कोही चिया पकाउन सहयोगार्थ बोलाइए । कोही यत्तिकै नयाँ नयाँ पार्वतीहरुको रुप हेर्ने जालन्धर भै बसे त्यहीँ । हामी आ–आफ्नो कार्यभार निभाउन तर्फ लाग्यौँ । मुढा ल्याउनेले दयाको सिन्को नभाँची चोरेर ल्यायाँै । गाँजा, भाङ्ग ल्याउने के गरि ल्याए थाहा भएन । चुरोट ल्याउनेले भने पैसा तिर्दा सहजै ल्याए होलान् । सबैभन्दा अफ्ठेरो र भारी काम मुढा ल्याउने नै रहेछ । एकातिर कसैले देख्छ कि भन्ने डर । अर्कोतिर बोक्न नसकिने गह्रौँ गह्रौँ मुढा । पेटमा गरर्र गरर्र पहिरो चल्छ । आँफैलाई लैजान्छ कि जसो गरि । यो पहिरो भोककै थियो जहाँसम्म । ओठ मुख चिप्रिक्क सुकेको धारा झैँ भाको छ । शरिर एकदमै शिथिल र स्खलित । खान नपाए मान्छे बाँच्दैन भन्ने कुरा एक छाक मुखमा नपर्दा नै जानेँ । बाँच्नकै लागि खानुपर्ने रहेछ र बाँच्नुपर्दो रहेछ फेरि खानकै लागि पनि ।
बिस्तारै चुरोटको खोलमा गाँजा भरेर तान्न शुरु भैसकेको थियो । दाइहरु भन्थे—धतुरो नि मिसाको छ । ताल परे बौलाइन्छ । मलाई सबै सबै कुरामा विश्वास लाग्दैनथ्यो । बरु लाग्थ्यो– दाइहरुले पनि त झुट बोल्न जानेका हुन्छन् नि । हातमा गाँजा धतुरो भरेको चुरोट पालैपालो तान्न थाले उनीहरु । मेरा साथीहरुले के गर्लान् भन्ने उत्सुकता ओठसम्म आएर मौन थियो । जब उनीहरु पनि शिवजीको प्रसाद ग्रहण गर्न लालायित देखिए मेरो मन कसै थामिएन । घरिघरि त लाग्थ्यो— ‘कहिल्यै यसको अनुभव नभएको सोझो मान्छे, आज सिधै बौलाउने औषधी खाँदा के हविगत होला ।’ उतिखेरै सोच्न भ्याएँ— जे त होला भइजाला । यत्रैसिति ।
मुढा जल्दै थिए । रसिला नशिला गफहरु चल्दै थिए । हामी सबैजना गोलाकार वृत्तमा शिवधुनीबीचमा पारेर बस्याँै । दाइहरु एक सर्को डाह लाग्दो तालले सरर्र तान्थे । केहीबेर सुस्केरा हाले झैँ लामो स्वास दुइ ओठको नालीबाट बाहिर फ्याँक्थे । आधा नाकले र आधा मुखले । जहाँ मपनि अछूतो रहन सकिन । अभ्यासिक अवस्थामै दुइ चार सर्को हान्दिएँ ।
चिया पकाइलाउन गएका साथीहरु फर्किए हातमा चियाकै गिलासहरु बोकेर । अर्को खेप गएर हलुवा लिइआए प्लाष्टिकका टपरीमा । र उनीहरु मिसिए हाम्रो ‘शिवप्रसाद ग्रहण’ कार्यक्रममा । बिस्तारै नशाले सबैलाई छुँदै थियो । आँखाहरु गाढा राता हुँदै गए । बोली कता कता भाँचिएको रुखको डाली झँै लत्रिँदै जान थाल्यो । एउटा मान्छे अनेकानेक रुपमा परिवर्तित हुँदै गयो । हल्का घुमाए जस्तो । केही रिङ्गटा लागेको जस्तो । वाक्वाकी आउला जस्तो कतिकति बेला । झन् चिया र हलुवामा समेत भाङ्ग धतुरो मिसाइएको रहेछ प्रचुर मात्रामा । मलाई सबैभन्दा धेरै लागेको अनुभव गरेँ । यसर्थमा कि, म नयाँ पनि थिएँ । दाइहरु भने एकदमै ननभेज जोक्स् भट्याउँदै थिए मन्दिरको गेटबाट निलो साइकल डो¥यएर एउटी सान्नानी भित्रिइन् । ‘केटा उता नहेर् है’ अजय दाइले मलाई नै भनेजसरी भने । सबै दाइहरु र मेरा दौतरीहरु एकटकले उतैतिर उसैलाई हेरिरहे । जवाफमा एक लप्का फर्केर हेरिदिइ हामी भएतिर । हातमा गाँजा भरिएको चुरोट सल्किएर आैँलासम्म नपुगुञ्जेल हेरिरहे । हेरिदिएँ मैले पनि । आखिर हेर्दैमा के जान्थ्यो र मेरो । यदि जान्थ्यो भनेपनि कुनै आपत्ति थिएन त्यतिखेर ।
साइकल डोर्याउँदै आइ गेटतिर । दाइ–साथी सबैका आँखाहरु भित्री बस्त्र छिचोलेर खोच खोसम्म पुगिसकेका छन् हेर्दा हेर्दै । खुब रिस उठेर आयो मलाई । र, भन्न मन लागेथ्यो—‘किन हेछौँ हँ त्यसरी मेरो मान्छेलाई ?’ तर बिनाधारमा कसरी उसलाई मेरी भन्न सक्थेँ र मैले ।
एकपटक पुनः पर्लक्क हेरि हामी भएतिर । कुन संयोगमा हो उसको आँखा झिम्कियो । लाग्यो– उसले इशारा गरिरहेकि छ मलाई ।
साँझ ढल्किँदै गयो । नशाको नशा बल्किँदै थियो । आँखाहरु निकै पर–परसम्म उसैलाई पछ्याइरहन्थे । अमलाको फेद पछाडिपट्टि लडाएर राखेको उसको साइकल ऊ जस्तै देख्थेँ नशिला मेरा नयनहरुले । उसको हिँडाइ मादक लाग्थ्यो । उसको पहिरन कामुक लाग्थ्यो । हुन त अरुले पनि कति र कहाँसम्म आँखा पु¥याए । शरिरको कति भाग आफ्नो लागि छुट्टाए । तर सबैभन्दा धेरै हकदाबी गर्ने म उत्रिएँ त्यहाँ । बस्दाबस्दै ऊ फर्किइ मन्दिरबाट । सायद उधारो वर माग्न आएकि थिइ क्यारे ऊ । हातमा कुनै फूलप्रसाद थिएन । भगवानका लागि भक्ति नै सर्वोत्तम भेटि हो । हुनसक्छ उसले यहि कुरालाई बुझेकी थिइ भलिभाँती ।साइकल डोर्याउँदै आइ गेटतिर । दाइ–साथी सबैका आँखाहरु भित्री बस्त्र छिचोलेर खोच खोसम्म पुगिसकेका छन् हेर्दा हेर्दै । खुब रिस उठेर आयो मलाई । र, भन्न मन लागेथ्यो—‘किन हेछौँ हँ त्यसरी मेरो मान्छेलाई ?’ तर बिनाधारमा कसरी उसलाई मेरी भन्न सक्थेँ र मैले ।
एकपटक पुनः पर्लक्क हेरि हामी भएतिर । कुन संयोगमा हो उसको आँखा झिम्कियो । लाग्यो– उसले इशारा गरिरहेकि छ मलाई । म तुरुन्त उसैसँग बाहिर गइदिनुपर्छ । गाँजाले रिमरिम झिमझिम बनाइरहेकै थियो । शरीरमा अनौठो तरङ्गोपत्ति भयो । केही शिथिल स्नायुहरु तनक्क तन्किए । मलाई शिवरात्रीमा भेटिएकी पार्वती भन्दा कम्ता लागेन । उसको पहिरनको छेदबाट घुस्रेका मेरा आँखा बिझ्नेगरि निकै भित्रसम्म दौडिए । खै के जोश आयो कुन्नि, अजय दाइको साइकल टपक्क टिपेर म पनि गेटबाहिर कुदेँ । ऊ साइकलमा सवार भैसकि । मैले भनेँ— ‘कान्छि पर्ख न यार’ जिस्काए जस्तोरी फेरि एकपटक हेरिदिइ मतिर ।
‘सुन्यौ मैले भनेको ? भरे आउँछौ कि यतैतिर………
‘ह्या…….म आउँछु तनि के । कहाँ आउने हो र ?’ दिक्क मान्दै सोधि उसले । ‘तिम्रो नाम केरे ?’ ‘पार्वती’ एकै बचनमा फ्याट्टै बोलि । थाहा पाइन साँचो बोलि कि झुटो बोली । तर बोल्न चैँ बोलि । ‘यही मन्दिरमा आउनु । अनि पछाडिपट्टि रहेको सिसौघारीमा जाम्ला । यसो…..’ अघि छुटेको कुरालाई उठान गर्दै भनेँ ।
अनि साइकलको प्याडल पेल्न थाली । म उसकै पिछा गर्दै साइकलमा हुइँकिरहेँ । त्यसपछि भने ज्यान जाला फर्केर हेरिन । ‘ओइ केटि’ अलिकति उच्छृङ्खल जस्तो बनेँ । ‘मेरो कुरो त सुन्’ हावाको वेगमा साइकल कुदाएर उसकै साइकलसँग जुधाउन खोजेँ । ऊ डराउन थालि । साइकल औसतमा भन्दा बढि ढलपल ढलपल गर्न थाल्यो । बिचरी लडुँला जस्तै गरि । ‘भरे आउ है । भजन हुन्छ । तिमी र म नाच्नुपर्छ नि’ उसलाई फकाउँदै भनेँ । मलाई उसप्रति एकदमै आकषर्ण भैसकको थियो । उसका आँखामा ‘सेक्स अपिल’ देख्थेँ म । उसका अधरमा मेरा मनका अधरहरु बलात्कारकै तौरमा भएपनि चुम्बन गरिरहेका थिए । आँफूलाई संसारको एक नम्बर कामुक पुरुष हुँ भन्थेँ । खै कसरी नशामा पनि साइकल चलाएर उसकै पिछा गरिरहेँ, अचम्म लाग्थ्यो ।
‘सुन्यौ मैले भनेको ? भरे आउँछौ कि यतैतिर………
‘ह्या…….म आउँछु तनि के । कहाँ आउने हो र ?’ दिक्क मान्दै सोधि उसले । ‘तिम्रो नाम केरे ?’ ‘पार्वती’ एकै बचनमा फ्याट्टै बोलि । थाहा पाइन साँचो बोलि कि झुटो बोली । तर बोल्न चैँ बोलि । ‘यही मन्दिरमा आउनु । अनि पछाडिपट्टि रहेको सिसौघारीमा जाम्ला । यसो…..’ अघि छुटेको कुरालाई उठान गर्दै भनेँ ।
‘हुन्छ हुन्छ । तिमी अब फर्क यहाँबाट । मेरो घर आइपुग्न आँट्यो ।’ ऊ डरले थुरथुराउन थालि । ‘पक्का आउ नि । नत्र भेटेको दिन बाटोमै समात्छु ।’ अलिकति आक्रोशपूर्ण धम्की दिन समेत भ्याएँ मैले । ‘ल…ल….’ अन्तिम वाक्य यही बोलि पार्वतीले । र उसलाई घर जान छोडिदिएँ । उसैगरि हावामा बत्तिदैँ मन्दिरमा आइपुगेँ । दाइ–साथीहरु गाँजा, गाजाँका गफमा उन्मत्त पाखे हाँसो हाँसिरहेकै थिए । ‘यि हाम्रो धर्तीको सेक्सी बौलाहा शिवजी’ मलाई इङ्गित गर्दै भने शंकर दाइले । मेरा हितैषीहरु बोल्न सक्ने स्थितिमा समेत थिएनन् । जवाफमा खिस्स हाँसे म र ऊ आउने ब्यग्र प्रतिक्षामा उही पुरानो शिवधुनी ताप्दै, हाँस्दै छिल्लिँदै समय कटाइरह्यौँ ।
अब आउली । केहीबेरपछि आउली । भरे आउली । आउली आउली भन्दा भन्दै आइन ऊ । उसको बाटो हेर्दा हेर्दा आँखाहरु पाट्टिए । उसलाई लिएर अँध्यारो रातमा सिसौघारीमा जाने सपनाको चङ्गुलमा आगो झोसियो । त्यसपछि पनि कैयौँ शिवरात्रीहरु आए गए । मेरी हराएकी पार्वती पुनः सम्पर्कमा आएकी छैन आजपर्यन्त । तपाईँहरुमध्य कसैले देख्नु भयो कि ?
बाग्लुङ,
Comments are closed.