कास्की जिल्ला बिलियार्ड स्नुकर तथा पुल संघको आयोजनामा शुक्रबार बाट जिल्ला स्तरिय खुल्ला स्नुकर प्रतियोगीता बस्तोलथर स्थित पोखरा क्लबमा शुरु हुँदैछ ।स्नुकर संघ सँग आबद्द भएका क्लबबाट मात्र सहभागीता जनाउन पाइने यस् प्रतियोगीता मा कारीब २०० जना खेलाडी को सहभागीता रहने संघका अध्यक्ष दिलिप साइले जानकारी दिए ।खेलको मध्यम बाट आपसी सम्बन्धहरुमा सुदृड हुनुका साथै राम्रा खेलाडिहरु उत्पादन् हुन सके अन्तरास्टृय खेलहरुले समेत् हमिलाइ कुरिरहेकोले त्यहि सोचका साथ् अगाडि बडिरहेको अध्यक्ष साइले बताए।१५औ शताब्दि मा बेलायत् बाट शुरु भएको यो खेल हाल् नेपालका नाम चलेका शहरहरुमा छ्याप् छ्याप्ति भेटिए पनि गुणस्तरीय खेलाडी उत्पादन हुन नसकेको उनले जानकारी दिए ।पोखरामा पनि यस खेलका रास्टृय स्तरका खेलाडिहरु भएको हुनाले यो प्रतियोगीता अझै बडी रोमान्चक हुने दाबी अध्यक्ष साइ ले गरे ।२०५१ साल मा नै रास्टृय खेलकुद्द परिषद मा दर्ता भाई अधिकारिक खेल को मान्याता पाएको यस् खेलको बिकास गर्न सके पोखरा मा एउटा नयाँ खेल पर्यटन को मार्ग खुल्ने उनको बिचार छ ।प्रतियोगीता मा प्रथम पुरस्कार रु ५० हजार ,दितिय पुरस्कार रु २५ हजार ,तृतिय पुरस्कार रु १०००० रहेको छ ।साथै प्रतियोगीतामा ३० ओवर को ब्रेकर पुरस्कार नगद रु ५००० सहित प्रमाणपत्र र स्नुकर स्टिक रखिएको छ ।
Comments are closed.