शेयर बजार बन्द हुने

गाइजात्रा पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा बिदा दिएपछि नेपाल स्ट एक्सचेञ्जले पनि बजार बन्द गर्ने भएको हो ।

आज सोमबार शेयर बजार बन्द हुने भएको छ ।सार्वजनिक बिदाबाहेक हरेक आइतबारदेखि बिहीबारसम्म शेयर बजार खुला रहने गरेको छ । गाइजात्रा पर्वका अवसरमा सरकारले काठमाडौं उपत्यकामा बिदा दिएपछि नेपाल स्ट एक्सचेञ्जले पनि बजार बन्द गर्ने भएको हो ।शेयर बजारको पहुँच काठमाडौं उपत्यकामामात्रै नभएर देशका अधिकांश जिल्लामा पुगिसकेको छ । लकडाउनमा पनि बन्द नभएको शेयर बजार उपत्यका बन्द हुँदा देशभरकाले कारोबार गर्न नपाउने गरी बन्द गर्न नहुने केही लगानीकर्ताहरुको माग थियो । शेयर बजारको पहुँच उपत्यकाबाहिर भएपछि नेप्सेको कार्यालय काठमाडौं उपत्यकामा रहेकाले बन्द गर्ने निर्णय भएको प्रवक्ता पराजुलीले बताए । शेयर बजार मंगलबारमात्रै खुला हुनेछ ।

Comments are closed.